नेपालगन्ज : बाँकेकाे नरैनापुर गाउँपालिकामा रहेकाे जय किसान माध्यमिक बिधालयमा आर्थिक घाेटाला भएको देखिएको छ ।
बिधालयमा आएकाे पालिका तहकाे बजेटमा बिधालय व्यवस्थापन समिति र शिक्षककाे मिलेमतोमा आर्थिक चलखेल भएको भनिएको छ ।
स्थानीयले पटक/ पटक गुनासो गरेपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुख कल केसीकाे संयाेजकत्वमा छानबिन कमिगठन गरेकाे थियाे । तर उक्त समितिले एक महिनासम्म पनि छानबिन अघि बढाउन चासाे देखाएको छैन ।
यसले छानक समिति र विधालयबिच पाि सेटिङ्ग भएको हुनसक्ने नागरिकले आशंका गरेका छन । यश बिषयमा बुझ्न खाेज्दा बिधालयका शिक्षककले कुनै प्रतिक्रीया दिएनन ।






