ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे वन पैदवार व्यवसायी  संघमा  पछिल्लो  समय आन्तरिक लफडा चुलिने गरेकाे देखिएको छ । आर्थिक  हरहिसाब गायबदेखि टेण्डरमा दादागिरी  र  समुहगत मनाेमानीले आपसी  लफडा देखिएको हाे ।

स्मरणहाेस : यसअघिकाे समित अन्तर्गत आर्थिक  असुली उपसमिति संयाेजकबाटै करिब ४७ लाख हिनामिना भएको  भनिएको छ । तर, यसकाे पारदर्शी हिसाब अहिले पनि संघमा नआएको संघका पदाधिकारी बताउँछन् ।

केही  ठेकेदारहरू अहिले पनि थुनामा छन भने केहीले मस्ती काटिएका छन । व्यवसायी नेता भनिएकाहरु थुनामा रहेकालाई छुटाउने तर्फ नभई उनीहरू  थुनामै रहँदा यता कसरी  टेण्डर हत्याउने भन्ने दाउमा छन । अहिले बाँकेमा दुई सयबढी सामुदायि सहितका वन छन ।

करिव डेढ सय व्यवसायी छन । तर, यहाँ वनकने सुचना पाउनेदेखि टेण्डर खुल्दा फाराम भर्ने र कसैलाई  टेण्डर पार्ने, कमिशन कति लिनेसम्म सेटिङ्ग केही  नेता मानिएकाले गरिरहेकाे व्यवसायी नै बताउँछन् ।

अनुमानित डेढ सय सक्रिय  ठेकेदारमध्ये   प्रमाेद जलान/ सुरेश चन्द/ रविन्द्र लम्साल / निरन्जन सिजापति/ प्रदीप शाह/ लालविर खडका/  / तिलक केसी लगायत ठेकेदारकाे कब्जामा यहाँका  वन र वन पैदावार संघ तथा वन कार्यालय रहेकाे श्रोत  बताउँछ ।

यहाँ याे वा त्याे ढंगबाट यिनिहरुकै राज चल्ने गरेकाे छ एक व्यवसायीले भने ” हामी त टेण्डर खुलेकै थाहा पाउँदैनाै ।” जसमा वनका केही  अधिकृतकाे समेत मिलेमतो  हुने गरेका् खुलेकमे छ ।

पछिल्लो  समय नेपालगन्जका क्याफे/ रेष्टुरेन्टमा यस्ता व्यवसायी बिच डिलिङ्ग र आर्थिक  चलखेल तगा मिलेमताे हुँदै आएकाे स्पष देखिन्छ । तर, उनीहरू यस्ताे सहज स्वीकार्न   तयार छैनन ।

बाँकेमा बर्सेनि ३ लाख बढी काठ उत्पादन हुने गरेकाे वन कनर्यनलय बताउँछ ।बाँकेमा अहिले सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वन क्षेत्र छन् । तीमध्ये ११९ सामुदायिक, चार धार्मिक र १२४ निजी वन रहेका छन् ।

बाँकेमा कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने कार्यालय बताउँछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय