छिन्चु ( सुर्खेत ) : राष्ट्रिय गाैरबकाे आयाेजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन टनेर बन्दा पनि अलपत्र देखिएको छ । याे आयाेजना संचालनमा आउन नसक्दा राज्यकाे १९ अर्ब स्वाँहा भएको भनिएको छ ।
१५ बर्षकाे अबधीमा ११ जना प्रधानमन्त्री फेरिएका छन । तर, आयाेजना संचालनमा ल्याउन कसैले चासाे देखाएको देखिदैन । अहिले उक्त आयाेजना अलपत्र छ ।
जसकाे संचालनमा नत राज्य लागेकाे छ नत दलका जनप्रतिनिधि नै । सुर्खेत, बाँके र बर्दियाका जनप्रतिनिधि समेत यु बिषयमा संसद/ सदन कुनै ठाउँमा पनि केही बाेलेकाे सुनिदैन ।
बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेक बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान थियाे ।
यस आयोजना आ.व.२०६८÷६९ मा शुरु भएको आयाेजनामा लागत . १६४३ करोड लाग्ने अनुमान थियाे ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने हाे
सुरुङ निर्माणकार्यमा करीब सातसय नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका थिए । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने भनेकाे थियाे ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ हजार मिटर छ ।






