ट्रेण्डिङ

नेपालगन्ज । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत तथा उद्धारका लागि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले ५१ हजार १५५ रुपैयाँ सहयोग गरेको छ।

नाट्टा बाँके च्याप्टरका पदाधिकारी तथा साधारण सदस्यहरूले स्वस्फूर्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासचिव भागिराम ओलीले जानकारी दिए । । बैंकमार्फत रकम जम्मा गरिएको हो।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीले देश विपत्तिमा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने अभियानमा सहभागी सम्पूर्ण पदाधिकारी तथा साधारण सदस्यप्रति धन्यवाद व्यक्त गरे ।

उनलेले पर्यटन व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै मानवीय संकटका समयमा सहयोग गर्दै आएको बताए ।

त्यस्तै, नाट्टा बाँके च्याप्टरका सचिव रेशम बहादुर खत्रीले आगामी दिनमा पनि देशमा आइपर्ने विपद् तथा संकटका समयमा नाट्टा बाँके च्याप्टरले आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए ।

नाट्टा बाँकेले गरेको यो सहयोगले विपद्को समयमा पर्यटन व्यवसायी तथा सम्बन्धित क्षेत्रका संस्थाहरूको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई समेत उजागर गरेको नाट्टा बाँकेका सदस्य कुशल दर्लामी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय