ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे   नेपालगन्जले दिन प्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । नेपालगन्ज बजार क्षेत्रका भित्रि सडकहरु फराकिला पारिँदै छन् ।

जीर्ण सडक, पुलपुलेसा, नाला लगायतका संरचनाहरुले स्वरुप परिवर्तन गरेका छन्, सडक चौडा पारिएका छन्, सडकहरु रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ ।

शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौति पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतिलाई ध्यान दिएरै नेपालगन्जका मुख्य चोकहरुमा प्रहरी बिट राखिएका छन् । चोकचोकमा राखिएका रंगरोगनसहित चिटिक्क पारेर राखिएका प्रहरी बिट भने बेकामे बनेका छन् । बिटमा प्रहरी छैनन् ।

बिटको सदुपयोगमा हालसम्म कसैले चासो देखाएको छ । प्रहरीलाई कतै बिट नभएर दिनरात घाम, पानी, धुलोले हैरान ब्यहोर्नुपरेको छ भने कतै भएका बिटहरुको पनि सही सदुपयोग हुन सकेको छैन । नेपालगन्जका कारकाँदो, न्यूरोड, त्रिवेणीमोड, भेरी अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै हुन्छन् ।

सुरक्षा चुनौतिलाई ध्यानमा राखेरै नेपालगन्जका चोकचोकमा प्रहरी बिट रंगरोगनसहित चिटिक्क पारेर राखिएकाे हाे । नेपालगन्ज  उपमहानगरपालिकाका हरेकजसो चोक र टोलमा शान्ति सुरक्षाका लागि स्थापना गरिएका प्रहरी बिट नै अहिले प्रहरीविहीन छन् । सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिएका ती क्षेत्रमा शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरी बिट राखिए पनि अधिकांश बिटमा प्रहरी नहुँदा सुरक्षा कमजोर हुँदै गएको स्थानीय बताउँछन् ।

नेपालगन्ज बजार क्षेत्र सुरक्षाको दृष्टिकोणले चौबिसै घण्टा चोकचोकमा प्रहरी राखिनुपर्ने हो, तर यहाँ राखिएको प्रहरी बिटमा प्रहरी हुँदैनन् ।

शान्ति सुरक्षाका लागि स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम ? भन्दै स्थानीय दिलबहादुर थापा तत्काल प्रहरी पठाउनुपर्ने माग गर्छन । ‘प्रहरी बिट बनाएको पाँच–छ महिनासम्म प्रहरी बसेको देखियो र सुरक्षाको दृष्टिकोणले राम्रो भएको महसुस भएको थियो तर केही समयपछि बिटमै प्रहरी बस्न छाडेकाे उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय