ट्रेण्डिङ

नेपालगन्ज : विगत ३१ बर्षअघि सामान्य छलफल र तत्कालिन युवाहरूको एक समुहले बसिबियालाेसङ्गै स्थानीय संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ कापीका पानामा खेर्सा काेरेर गठन गरिएको दैलेख बजारस्थित एभरेष्ट क्लब यतिबेला कर्णाली प्रदेशकै अग्रणि संस्थाका रूपमा समृद्ध बन्दै गएको देखिएको छ ।

बर्षेमेलामा लाखे जात्रादेखि बेलाबखतमा स्टेज साे नाटक देखाउँदै माैलिक कला संस्कृति र दुर्गममा नागरिक जिवनयापनकाे सत्यपरक अबस्था झल्काउदै आएकाे साे क्लबले अहिले दैलेखमा विभित्र साझेदार तथा दातृ निकायकाे सहयाेगमा समृद्ध दैलेख निर्माणमा समेत केही याेगदान पुर्‍याएकाे छ ।

सडक देखि स्टेज नाटकमा समेत जिल्लामा मात्रै नभई कुनै बेला तत्कालीन क्षेत्रीयस्तरमै आफ्नाे पहिचान बनाउन सफल उक्त क्लबले थुप्रै कलाकार समेत जन्माएको छ ।

तर, सामाजिक, आर्थिक लगायतका समस्याका कारण ती कलाकारले नेपाली रङ्गमन्चमा उपयुक्त स्थान भने पाउन नसक्दा दैलेखि कला संस्कृति केही पछाडि परेकाे तिताे सत्य अहिलेपनि कायमै छ ।

श्रोत, साधन र प्रविधिकाे अभावमा तत्कालीन अबस्थामा स्थानीय युवा दिपक शाही,बालकृष्ण केसी, कमल खडका, स्वर्गीय रमेश सिजापति, स्वर्गीय डेकेन्द थापा, स्वर्गीय कल्पना थापासङ्गै अन्यमा माेहन थापा, हरि थापा, पदमराज थापा,लक्ष्मण श्रेष्ठ, कमल न्याैपाने शुसिला थापा, कुस्मा थापा लगायत (केहीकाे नाम सम्झना आएन) काे संस्कृति कलाप्रतिकाे माेहले उक्त क्लब सायद २०५० ताका स्थापना भएकाे थियाे ।

स्थापनाकालका केही बर्ष बर्खे मेलामा भक्कु भएको, गाईजात्रा र जन्माष्टमीमा बजारभरि नाच्दै गित गाउदै हिडेकाे र काँडाचाैरकाे गाेदामघरमा रात्रीकालिन स्टेज नाटक र नृत्य कार्यक्रम गर्दा नाच्नुका साथै नाटकका विभिन्न विधामा सहभागी हुने गरेकाे सम्झना क्लब स्थापनाकाे ३१ बर्षमा पनि अहिले ताजै छ ।

सिमसिमे पानिमा …. गितमा हरि थापाकाे पियानाेकाे धुन अहिले पनि यादगार बनिरहेको छ । लाखे नाचका बादसाह बालकृष्ण केसी र रमेश सिजापतिकाे हसाउँने पारा, डेकेन्द थापाकाे मादल दिपक शाहीकाे व्यवस्थापन भुमिका तत्कालिन अबस्थामा गजबै थियाे ।

कला संस्कृति र स्टेज नाटकबाट जन्मिएको एभरेष्ट क्लब यतिबेला दैलेखकाे समृद्धिकाे बाघडाेर मात्रै हाेइन कर्णालीकै लिडर संस्थाका रूपमा अघि बढेकाे देख्दा र यतिबेला ३१औ स्थापना दिवसमा केही लेख्न पाउँदा विगतकाे सम्झनासंगै हर्षित बनाएकाे छ । क्लबले आगामि बर्ष झनै दैलेखकाे समृद्धिमा भुमिका खेलाेस र आफु पनि समृद्ध बनाेस स्थावना दिवसकाे शुभकामना । जयहाेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय