ट्रेण्डिङ

नेपालगन्ज : कर्णालीको सुर्खेतमा गर्ने भनिएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल देखिएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ग्यारेन्टी माग गरेको छ । तर मन्त्री चौधरीले तोकिएको समयमा प्रतियोगिता हुनेमा खेलाडीहरुलाई विश्वास दिलाउन सकेनन् ।

पुर्वाधार निर्माण देखि धेरै काम बाँकी रहेकाेले ताेकिएकाे समयमा खेल हुने सम्भावना कम रहेकाे स्थानीय पनि बताउँछन् ।

संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन हामीले १० औं खेलकुदको मिति तय गर्न भनेका थियौं । मन्त्रीज्यूले व्यवस्थापकीय हिसाबले निर्धारित मितिभन्दा केही पछि सर्ने बताउनुभएको छ ।’

पूर्वाधार निर्माणमा अझै एकदेखि डेढ महिना लाग्ने देखिन्छ । हाल राखेपको इन्जिनियरिङ टिम सुर्खेतमा नै रहेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ४ भदौमा सुर्खेत गएर पूर्वाधार निर्माण र व्यवस्थापकीय पक्षबारे जानकारी लिएका थिए । उनले राखेपको इन्जिनियरिङ टिमलाई २० भदौभित्र पूर्वाधार र व्यवस्थापकीय पक्षबारे मूल्यांकन गरेर जानकारी दिन भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय