ट्रेण्डिङ

नेपालगन्ज : अर्धशिकार गरेर निस्किएको बाघ जस्तै बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पलाल दाहाल यतिबेला कसरी वर्तमान सरकार ढालेर फेरि आफै सत्तामा जाने दाउपेचमा लागेकाे देखिएको छ ।

सत्ताच्युत भएपछि छट्पटीमा देखिएका अध्यक्ष दाहाल नेकपा एमालेसंगकाे सहकार्यमा सरकारमा जान नैतिकताले दिने देखिदैन । हुनत राजनीतिमा नैतिकता, इमानदारिता हुँदैन । तर, अब हुन्छ कि अपेक्षा र आशा गराै भन्ने मात्रै हाे ।

काङ्ग्रेसले धाेका दिएकाे कारण अब याे पनि त्यति सजिलो छैन । कित दाहालले काङ्ग्रेससंग लाजै पचनएर शरण पर्नुपर्छ । अनि सरकारकाे बाघडाेर काङ्ग्रेसलाई सुम्पिन सक्नु पर्छ ।

यतिबेला यतिठुलाे दिल दाहालमा छैन । राप्रपा सरकारमा जाँदैन रास्वपाले शायद अब पत्याउदैन जसपा र समाजवादीले पुग्दैन अध्यक्ष दाहालकाे निदहराम भएको छ ।

यसरी छट्पटीमा रहेका दाहालले नेपालगन्जबाट प्रधानमन्त्रि केपी शर्मा वलि र गठबन्धन सरकारमा रहेकाे काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सरकार ढालेर छाेडने अभियान चलेकाे भन्दै धम्की दिएका छन ।

तर, उनकै दलका शिर्ष नेता जनादन शर्मा लगायतकाे युवा समुह अब दाहाललाई प्रधानमन्त्रि र पार्टी अध्यक्षमा स्विकार्न सक्ने अबस्थाा छैनन । यसले पनि दाहालले नेपालगन्जबाट दिएको चेतावनी अर्थहिन देखिएकाे छ ।

सरकार ढल्ला तर, अध्यक्ष दाहाल हाेइन काङ्ग्रेस सभापति देउवा फेरि प्रधानमन्त्रि हुने देखिएकाे छ । माओवादीसंग अब गठबन्धन गरेर रास्वपा वाहेक अरु दल जान सक्ने देखिदैन । किनकि दाहालले समाजवादीलाई पनि धाेका दिइसकेका छन ।

उनकन अनुसार पार्टीमा सिस्टम बसालेर आफु अर्को भुमिकामा जान खाेजेकाे देखिएकाे छ । लाग्छ त्याे भुमिका भनेकाे कि एमालेमा गाँभिने कि अरुलाई अध्यक्ष दिएर आफु राष्ट्रपति हुने । याे भन्दा अर्को दाहालसंग यतिबेला विकल्प र नयाँ भुमिका केही हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय