सक्रिय राजनीति मार्फत जनताको सेवा गर्छु – बुढा
नेपालगन्ज : कर्णाली प्रदेशमा चर्चित स्वास्थ्यकर्मीको रूपमा स्थापित राजेश कुमार बुढाले करिब तीन दशक जागिरे जीवनबाट अलग्गै रहने घोषणा गरेका छन् । ऊनी अब सकृय राजनीतिमा लागेर जनताको सेवामा लाग्ने योजनामा छन् ।
वि.स २०२६ चैत्र १२ दैलेख महाबु गाउँपालिका वडा न.३ साबिक बासी गाविसमा जन्मिएका बुढाले वि.स २०४५ सालदेखि २०५३ सालसम्म ८ वर्ष मालिका निमावि शिक्षक भएर काम गरेका थिए।
पञ्चायत कालमा उनका बुवा मनबहादुर बुढा उपप्रधान थिए। पछि प्रजातन्त्र पुनर्स्थापना भएपछि नेपाली काङ्ग्रेस बासी गाविसको सभापति थिए ।
राजनीतिक परिवारमा हुर्केका राजेश बुढा वि.स२०४६ सिएमए क्याम्पस आन्दोलन तयारी समिति संयोजक भएर प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका थिए ।
स्वास्थ्यकर्मीका रूपमा आफू जन्मेको ठाँउमा निशुल्क उपचार गर्ने देखि वीरेन्द्रनगरमा विभिन्न समस्या पर्दा आफ्नो ठाउँका मान्छेलाई सहयोग गर्ने र बाटो देखाउने काममा बुढा सदैव सकृय छन् ।
नेपाली काङ्ग्रेसमा राजेश बुढाले प्रभावशाली छवि बनाउन सफल भएका छन् । स्वास्थ्यकर्मी संघ १५ वर्ष सुर्खेत जिल्ला अध्यक्ष, १ कार्यकाल कर्मचारी युनियन अध्यक्ष र हाल युनियनको केन्द्रीय सदस्य छन् ।
मेरो दायित्व भनेको महाबुका जनतालाई जागरुक गराउने र समस्यामा परेका दाजुभाइ दिदीबहिनीको घाउमा मलम लगाउनु हो उनी भन्छन “मेरो बुवाले जसरी जीवनभर गाउँको सेवा गर्नुभयो,पञ्चायतलाई उपयोग गर्दै नेतृत्व गर्नुभयो र प्रजातन्त्र पुनर्स्थापनाका लागि समेत मलाई अग्रसर हुने प्रेरणा दिनुभयो, आज म त्यो जिम्मेवारी निर्वाह गर्न चाहान्छु । महाबुका जनताको सुख दुःखको सारथि बन्न चाहान्छु।”






