नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछाने पक्राउ प्रकरण सत्ता टिकाउन सरकारमा दलकाे स्टण्डबाजि भएको देखिएकाे छ ।
काङ्ग्रेस र एमालेकाे मिलिजुली सरकार गठनकाे ४/५ महिनासम्मकम गतिविधि हेर्दा नागरिक र अन्य दलहरू असन्तुष्ट देखिएकाे र तिहारपछि सरकारले नयाँ रुप लिने आशंका नजिकिदा प्रतिपक्षमा रहेकाे रास्वपा माथि सरकारले दादागिरी मच्चाउँदै सरकार बचाउन रवि पक्राउकाे स्टण्ड गरेकाे लेखक समेत रहेका रास्वपाका सहप्रवक्ता मनिष झा बताउँछन् ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सामान्य कुरामा चित्त नबुझाएको खण्डमा सेकेन्डमै केपी शर्मा ओलि नेतृत्वको सरकार ढल्ने निश्चित छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई रवि पक्राउ नगरे सरकार नै छाड्नेसम्मको चेतावनी कांग्रेस सभापति देउवाले दिएको चर्चा राजनीतिक वृत्तमा छ।
यसले अहिले ओलि नेतृत्वको सरकार देउवा र उनका गृहमन्त्री रमेश लेखकलाई कसर रिझाउन सकिन्छ र सरकारकाे आयु बढाउन सकिन्छ भन्ने दाउमा मात्रै देखिएकाे छ ।
कार्यकाल तोक्ने र वर्तमान सत्ता गठबन्धन लामो समय जाने प्रधानमन्त्री ओली स्वयंको दाबीले आशंका पैदा गरिरहेका वेला पछिल्लो सयम सत्ताधारि दलबिच नै विमतिका विषय छरपष्टिएका छन्।
सत्ता साझेदार कांग्रेसका सभापति देउवा कड्किएपछि ओली केही लचक बनेका छन्। सहकारी प्रकरणमा संसदीय विशेष समितिले कारबाहीको भागीदार बनाएको रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्ने विषयमा कांग्रेस-एमालेबीच पहिला मतैक्य थिएन। तर सत्ता गठबन्धन बचाउनकै लागि ओली लचक बनेपछि रवि पक्राउ परेका अनुमान गर्न सकिन्छ ।
कांग्रेस शुरुदेखि नै सहकारीको रकम अपचलनमा रविको संलग्न रहेको दाबी गर्दै सडकदेखि सदनसम्म उत्रिएको दल हो। तर, ओेलि यसअघि लामिछाने बचाउमै थिए । यद्यपि अहिले सरकार टिकाउनका लागि ओलिले बाेलि फेरेर देउवाकै इशरामा लागेकाे रास्वपाका केही नेेता नै बताउँछन् ।
समग्रमा प्रधानमन्त्री ओेलि सरकार बचाउनकै लागि देउवाकाे दबाबमा परेर रवि लामिछाने र रास्वपामाथि जाँई लागेकाे स्पष्ट भएकाे छ ।






