ट्रेण्डिङ

नेपालगन्ज : ” काँही नभएको जात्रा हाँडिगाउँ” भन् झै देशभरका जिल्ला कमिटी र प्रदेश तथा केन्द्रीय कमिटीले पार्टीकाे ब्यानरमा नखेलेकाे देउसिभैलाे गरेर बाँके एमाले ” सुनिर” समुहले जगत हसाएकाे छ ।

बाँके एमालेकाे ब्यानरमा गरिएकाे देउसिभैलाेकाे नाममा नेपालगन्जका ठुलाबडा भनिनेहरुका घरमा मात्रै गएर दक्षिणाका नाममा रकम असुली  गरेकाे देखिएको छ ।

एमालेले सामान्य नागरिकका घरमा देउसिभैलाे नखेलि नेपालगन्जका ठुला व्यापारी, मेयर साँसद लगायतका   जनप्रतिनिधिका घरमा गएर खेलेकाे र दानका नाममा  रकम असुली गरेकाे एमाले सुनिर समुहभित्रकै नेता, कार्यकर्ता बताउँछन् ।

तिहारकाे निँहुमा असुली गर्ने लक्ष्यका साथ गरिएको उक्त देउसिभैलाेमा बालबालिकाका समेत प्रयाेग गरिएको  देखिएको छ ।

उक्त भैलाेमा पार्टीका सबै  जिल्ला कमिटी सदस्य, पदाधिकारी, संगठित सदस्य, प्रदेश तथा केन्द्रीय नेताहरूकाे सहभागीता देखिदैन । सुनिर समुहका केही टाउके र आसेपासेले मात्रै  मुन्टा देखाएका छन ।

याे कार्यक्रम पनि जिल्ला कमिटीकाे निर्णय बिना र बहुमत सदस्यलाई जानकारी नै नदिएर सुनिर समूह र उनका आसेपासेकाे मनाेमानीमा गरिएको खुलेकाे छ ।

यसरी  गरिएको भैलाे कार्यक्रममा समेत तिहार सम्बन्धित र  माैलिक भैलिका गित नभएर  “आमालाई पल्लाघरे साईला ले ……”जस्ता उत्श्रिङ्खले खालका गित बजाएर समग्र एमालेकाे बदनाम समेत गरिएको भैलाे हेर्न आएका स्थानीय  बताउँछन् ।

माैलिक संस्कृतिकमे संरक्षण र जर्गेना गर्ने लक्ष्य अनुसार भन्दै गरिएको भनिएको उक्त भैलिमा यस्ता उत्श्रीङ्खल गितले कसरी  माैलिक संस्कृतिकाे जर्गेना हुन्छ एक स्थानीयले भने “याे  त पार्टीकै बदनाम भयाे ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय