ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज र आसपासकाे क्षेत्र भारतीय मजदुरले धानिरहेकाे देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकासँगै जानकी, खजुरा, डडुवा पालिकामा रहेका विभिन्न उधाेग, कलकारखाना र व्यवसायमा नेपालीकाे तुलनामा भारतीय मजदुरकाे जमात ठुलाे छ ।

निजि तथा गैरसरकारी संस्थामा मात्रै नभई राज्यकाे स्वामित्वमा रहेकाे नेपालगन्ज औधाेगिक क्षेत्रमा समेत भारतीय मजदुरकाे हाबी देखिएको छ ।

नेपालगन्जका सुनचाँदी पसलदेखि इट्टाभट्टा हुँदै जानकी गाउँपालिकामा रहेका करिब दर्जन उधाेग र मालसामान लाेडअनलाेड गर्ने ट्रान्सपाेटमा समेत भारतीय मजदुरले भरिभराउ हुने गरेकाे छ ।

यसले पनि नेपालगन्ज र समग्र बाँकेका उधाेगधन्दा तथा व्यावसायिक केन्द्र भारतीय मजदुरले धानेका छन भन्दा मित्थ्या नहाेला ।

नेपाली युवायुवती वेराेजगारिताकाे निहुँमा भारत लगायतका देशमा गइरहँदा भारतिय मजदुर राेजगारीका लागि नेपाल अर्थात् नेपालगन्ज शहर आउने गरेका छन । यसले पनि नेपालगन्ज शहर भारतीय मजदुरले धानिएकाे सहजै देख्न र भन्न सकिन्छ ।

निर्वाचन ताका दलका नेताले जति ललिपप देखाए पनि नेपाली मजदुरलाई यहिका यस्ता निकायमा राेजगारी गर्न उत्प्रेरित गर्नतर्फ कसैले ध्यान दिएका छैनन । यसतर्फ साेच्न जरुरी देखिएको छ ।

यहाँ भारतीय मजदुर मात्रै हाेइन नेपालगन्जका अधिकाश पसलमा भारतीय उत्पादनकै सामान बिक्री हुने गरेका छन ।

यतिसम्म कि अण्डादेखि मासु, दालचामल देखि लत्ताकपडा र पेय पदार्थ समेत भारतिय नै नेपालगन्जमा बिक्रीवितरण भैरहँदा भारतीयकै भरमा नेपालगन्जमा काम भैरहेकाे छ भन्दा फरक नपर्ला ।

तर, नेपालगन्जमा आएर राेजगारी गरेपनि भारतीय मजदुरले खरिद अर्थात् लगानी भने बहराइच, लखनउ र आफ्नै देशमा गर्दै आएका छन ।

यसबारे नेपालगन्ज उधाेग बाणिज्य संघ समेत जानकार हुँदाहुँदै पनि चुपचाप देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय