ट्रेण्डिङ

नेपालगन्ज : बाँकेको राप्ती नदि नजिक डुडुवा गाउँपालिकाले शवदाहगृह निर्माण गरेकाे छ । गाउँपालिकाकाे ५० लाख बराबर लागतमा शिधनियाघाटमा उक्त गृह निर्माण गरेकाे हाे ।

निर्माण पूरा भैसकेकाे साे गृहकाे स्तरबृद्दिका लागि पालिकाले बार्षिक याेजनामा क्रमागत तर्फ बजेट थप्दै जाने भएको छ ।

अहिले उक्त याेजना निर्माण भएकै नजिक अत्याधुनिक शबदाहगृह बनाउने भन्दै नेपालगन्जमा रकम असुली  अभियान चलिरहेको छ ।

शिधनियाघाटमा नयाँ शबदाहगृह निर्माणका क्रममा बैकुण्ठधाम समितिले डुडुवा गाउँपालिकासँग कुनै पनि खाले समन्वय र सहकार्य नभएको पालिकाका सुचना अधिकारी सन्जय कर्ण बताउँछन् ।

उनका अनुसार अध्यक्ष ज्युसँग व्यक्तिगत सहकार्य भएको भए थाहा भएन तर, पालिकासँग संस्थागत रूपमा  कुनै समन्वय भएको छैन ।

पालिकासँग समन्वय बिना बैकुण्ठधामकाे अभियान साेचेअनुसार हुन नसक्ने भन्दै एकै ठाउँमा दुईवटा उस्तेै याेजना बनाउनु उपयुक्त नहुुने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय