ट्रेण्डिङ

नेपालगन्ज :  नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सर रोकथामका लागि संस्था प्रतिबद्ध रहेको बताएका छन ।

संस्थाको बाँके शाखाका सभापति दमनकुमार श्रेष्ठको सभापतित्वमा भएको  २३औ साधारणसभामा  संस्थाका सचिव सीता गुरुङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।

केन्द्रीय उपमहासचिव खतिवडाले उदघाटन गरेको साधारण सभामा बाँके शाखाका उपसभापति डाक्टर सन्तोष शर्माले स्वागत मन्तब्य राखेका थिए । कोषाध्यक्ष सहाबुद्दिन बागवानले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा शाखाका सभापति श्रेष्ठले क्यान्सर रोकथाम, जनचेतना र उपचारका क्षेत्रमा संस्थाले गरिरहेको कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने बताएका छन ।

२३औं जिल्ला सभा सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा सभापति श्रेष्ठले  धन्यवाद दिएक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय