ट्रेण्डिङ

नेपालगन्ज :  “पुर्ण बहादुरको सारंगी”चलचित्र Generation X(1965-1979AD मा जन्मिएका) र Generation Y ( 1980-1994AD मा जन्मिएका)को नेपाली समाजको आर्थिक,सामाजिक,राजनैतिक, पारिवारिक परिवेशको जिउँदो दस्तावेज हो ।”

इज्जत माग्ने होईन,आर्जन गर्ने बस्तु हो” याे भनाइले मन छाेयाे। याे चलचित्रले पेशाको जिबिकोपार्जन सङको अनोन्याश्रित सम्बन्ध र पेशाको मृत्युु ( Professional death) को मनोबैज्ञानिक चित्रण गरेको छ।आर्थिक वर्गीकरण अनुसार भन्ने गरिएका निम्न मध्यम/ मध्यम बर्गिय परिवारकाे क्रान्तिको ज्वलन्त उदाहरण हो याे चलचित्र ।

कसैको परिवारमा चलचित्रमा जस्तो पुरुष(बुवा ) प्रधान पात्र होलान त कसैको परिवारमा महिला ( आमा ) प्रधान पात्र होलान।आखिर तुलनात्मक रूपमा कम खर्चमा पनि सबै परिवार सङै बसेर हेर्न मिल्ने यतिका सन्देश दिने चलचित्र बनाउन सकिने रहेछ।

यस चलचित्रका सबै सबै धन्यवादका पात्र हुनुहुन्छ।तर समाजलाई मेरो तर्फबाट एक प्रश्न छ, हामी चलचित्रका काल्पनिक पात्रलाई खुबै सम्मान गर्छाैं तर समाजका त्यस्तै वास्तविक पात्रलाई त्यस अनुसारको सम्मान किन दिदैंनौ ?

यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।  बिश्लेषक : डा. राजन पाण्डे भेरी अस्पतालका सिनियर फिजिसियन हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय