नेपालगन्ज : रामलिला मैदानमा चलिरहेकाे बैकुण्ठधाम महायज्ञमा साेचेअनुसार भक्तजनकाे सहभागीता नहुनुका साथै दानका नाममा हुने असुलीमा कमि आएपछि मान्छे बटुल्न र रकम असुल्न आयाेजकले अनेकन जुक्ति लगाउन थालेका छन ।
एक दिनअघि शिलालेखमा नाम लेखाउने ललिपप देखाउदै रकम घटाउने बिज्ञापन गरेकाे बैकुण्ठधाम महायज्ञ सन्चालक समितिले यतिवेला हिन्दिमा भजन र कथाबाचन गर्ने भन्दै भारतिय र मधेसी समुदायलाई बटुल्न यस्ताे स्किम ल्याएको छ ।
हतासिएकाे बेला थारु, मैथिली, भाेजपुरी, गढवाली, अङ्ग्रेजी भाषामा पनि समितिले कथा बाचनकाे बिज्ञापन गर्न बेर नहुने भन्दै स्थानीयले खिसिटियुरी गरिरहेका छन ।
यसअघि हिन्दिमा कथा बाचन हुने कुनै चर्चा, परिचर्चा र याेजना थिएन समितिकै एक सदस्यले भने अहिले लक्ष्य अनुसार असुली नभएको र मान्छेकाे सहभागीता पनि कम भएपछि हतासिएर समितिले अनेकन भाैकाल मच्चाउन थालेकाे हाे ।
उक्त महायज्ञमामा सन्चालककाे नियत खराब देखिन थालेपछि दान गर्न भनी घरबाट तयारी गरेर रामलिला गएका थुप्रै नागरिक दान नगरि फर्किन थालेका छन ।
आयाेजकले दान गर्ने व्यक्तिको इच्छा विपरीत रकम घाेषणाा गर्ने र जबर्जस्ती दिन बाध्य बनाउने गरेकाे पनि खुलेको छ । यश बिषयमा बुझ्दा समितिका पदाधिकारी कुने जवाफ दिदैनन।
यसैले महायज्ञ सेवा नभई व्यापारका रूपमा देखिएको छ एक भक्तजनले भने याे सब कमाउखेती हाे यसमा दिनबन्धुकाे समेत व्यापर हाे ।
उनले थपे “कथाबाचनका नाममा माेटाे रकम लिने अनि सेवा भन्न कहाँ मिल्छ याे पाेखरेल जिकाे पनि व्यापार हाे । समितिकाे त कमाउभन्दा नै हुने भाे ।”
अहिले सामाजिक सन्जालमा देखिएका विविध खाले बिज्ञापन र अपिलले पनि बैकुण्ठधाम लक्ष्यमा जान नसकेकाे र समितिले अनेकन बाहना बनाईरहेकाे स्पष्ट भएको छ ।
दान स्वरुप लाखौं चन्दा दिने भक्तजनकाे पनि सम्पत्ति विवरण र आम्दानीको श्रोत खाेज्न नागरिकले सिडिओे र अख्तियार तथा सम्पति सुदृढीकरण आयाेगसँग माग गरेकाे छ ।






