नेपालगन्ज : यातायात कार्यालय काेहलपुर सर्ने चर्चासँगै नेपालगन्ज उपमहानगरपालिका एक्शनमा देखिएको छ ।
सामाजिक सन्जालमा व्यापक दाेहाेरी चलिरहँदा उपमहानगरपालिका वडा नम्बर १८ वडाध्यक्ष समेत रहेका उपमहानगरपालिकाकाे संसदीय दलकाे नेता दीपक बर्माकाे सक्रियतामा बसेकाे उपमहानगरपालिका जनप्रतिनिधि दलका नेताकाे बैठकले यातायात कार्यालयका लागि आबश्यक जग्गा र भाैतिक पुर्वाधारका लागि पालिका कटिबद्ध रहेकाे भन्दै बिज्ञप्ति जारी गरेकाेछ ।
यसअघि यातायात कार्यालयलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाले चासाे देखाएको थिएन । मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राइ उदासीन रहिरहँदा वडाध्यक्ष बर्माकाे पहलमा बसेकाे बैठकले यस्ताे निर्णय गर्दै यातायात कार्यालय नेपालगन्जमै राख्ने बिषयमा एक हुन नेपालगन्जबासीलाई आग्रह पनि गरेकाे छ ।
अहिले यस बिषयमा एउटै राजनीति दलका नेताहरू बिच मतभेद देखिएको छ । तर, नेपालगन्जका दलका नेता, जनप्रतिनिधि साँसदहरु भने चुपचाप देखिएका छन ।
सामाजिक सन्जाल फेसबुकमा काेहलपुरका मेयर पुर्ण आचार्यदेखि दलिय नेता, नागरिक अगुवा र नेपालगन्जियाबिच राेईलाे चलिरहेकाे थियाे । अध्यक्ष बर्माकाे सक्रियतामा उपमहानगरपालिकाले जग्गादेखि पुर्वाधार निर्माणमा सहयाेग गर्ने प्रतिबद्दता जनाएपछि विवाद साम्य मात्रै भएको छैन अब यातायात कार्यालय काेहलपुर नसर्ने भएको छ ।
नेपालगन्जियाले सिडिओ कार्यालय मार्फत लुम्बिनीका मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका छन ।






