ट्रेण्डिङ

नेपालगन्ज : रामलिला मैदानमा चलिरहेको बैकुण्ठधाम महायज्ञमा एमालेकरण भएपछि पालिका तहका जनप्रतिनिधिदेखि दलिय नेताहरू बिराेधमा देखिएका छन ।

काङ्ग्रेसका डाक्टर सुरेश कानाैडियालाई संयाेजक बनाएपनि बैकुण्ठधाममा एमालेका नेता कार्यकर्ताकाे हालिमुहालिर मनपरि बढेपछि अन्य दलका नेता, कार्यकर्ताले चाेकचाैराहमा आलोचना थालेका छन ।

आयाेजक समितिमै एमालेकाे हाबी भएपछि महायज्ञ उद्घाटनका क्रममा समेत अतिथिमा एमालेकै नेता भन्दा अन्यलाई स्थान नदिइएको यसअघि नै सार्वजनिक भैसकेकाे छ ।

बैकुण्ठधामका नाममा राजनीति चरम हाबी भएको  र महायज्ञ नेपालगन्जबासीकाे नभएर एमालेकाे जस्ताे देखिएको राप्रपाका सह- महामन्त्री ऋषिराज देवकोटा बताउँछन् ।

जिल्लामा यसरी महायज्ञ गर्दा समेत संस्थागत सहभागीताका लागि खबर समृत नगरस महायज्ञ जस्ताे पवित्र कार्यमा समेत एमालेकरण गरिएको देखिएकाे नेपाली काङ्ग्रेस बाँकेका एक शिर्ष नेता बताउछन ।

उक्त  महायज्ञमा काङ्ग्रेसका महामन्त्री किशाेर राठौरदखि जिल्ला सभापति साँसद नेता कसैकाे पनि सहभागी देखिदैन । माओवादी केन्द्र, जसपा, रास्वपा लगायतका दललासमेत बैकुण्ठधामले उपेक्षा गरेकाे देखिएकाे माओवादीका नेता नवीन शर्मा बताउँछन् ।

बैकुण्ठधामकाे समिति हेर्दा समेत संयाेजक कानाैडिया र श्रीराम सपग्देल बाहेक लगभग सबै एमालेकै कब्जामा देखिएकाे समितिकै एक सदस्य बताउँछन् ।

यसरी महायज्ञमा नै राजनीति चलेपछि राप्तीमा शबदाहगृह निर्माण एकादेशकाे कथा जस्तै  हुने निश्चित देखिएकाे जानकार बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय