नेपालगन्ज : रामलिला मैदानमा चलेकाे बैकुण्ठधाम महायज्ञमा आयाेजकले जबरजस्ती र शिलालेखमा नाम लेखाउन भन्दै दानका नाममा असुली गरिरहेकाे गुनासाे भक्तजनले नै गरेका छन ।
बैकुण्ठधाम महायज्ञका नाममा थिथि/ बेथिति र यस्ता गतिविधि राेकथामका लागि स्थानीय प्रशासनले समेत चासाे नदेखाएको जनगुनासाे छ ।
महायज्ञस्थलमा दिउँसो भेटिएका करिब आधा दर्जन भक्तजन महायज्ञमा विभिन्न ललिपप देखाएर असुली भैरहदा पनि बाँके सिडिओे उदासीन देखिएको बताउछन् ।
भक्तजन नआएपछि हिन्दि भजन थालिएको थियाे । यति गर्दा पनि भक्तजन नआउदा विगतकाे रकम घटाएर थाेरै रकममा शिलालेखमा नाम लेखिने ललिपप देखाएपनि साेचे अनुसार असुली नभएपछि पछिल्लो समय आयाेजकले असुलीका लागि क्युआर काेड समेत सामाजिक सन्जालमा सार्वजनिक गरेकाे देखिएको छ ।
तर, अहिलेसम्म दान स्वरुप कति रकम असुली भयाे यसबारे आयाेजकले पारदर्शी आर्थिक विवरण सार्वजनिक गर्न चासाे देखाएको छैन ।






