नेपालगन्ज : बाँके नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस जताततै सेटिङ्ग नै सेटिङ्गले जेलिएकाे छ ।
क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुकाे मिलेमतोमा क्याम्पसमा सेटिङ्ग माैलाएकाे देखिएको छ ।
बिश्वबिद्धालय अनुदान आयाेगकाे ४ कराेड ८८ लाख ४३ हजार लागतमा निर्माण हुन लागेकाे चारतले भवनमा इट्टा समेत गुणस्तरहीन प्रयाेग भैरहेकाे क्याम्पसका स्ववियु सभापति माधव खत्री बताउँछन् ।
उनका अनुसार अहिले प्रयाेग भैरहेकाे इट्टा दुई नम्बरी रहेकाे देखिएको छ । यहाँ अहिले प्रयाेग भैरहेका इट्टा पिला अर्थात तेर्सो दर्जाका छन । पुर्वाधार निर्माणमा वालुवा र सिमेन्ट समेत मापदण्ड अनुसार नहालिएकाे उनी बताउँछन् ।
रंगेली निर्माण सेवा प्रालीले निर्माणकाे जिम्मा लिएकाे उक्त पुर्वाधार निर्माणमा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रशासन र निर्माण कम्पनी तथा इन्जिनियरकाे चरम मिलेमताे, लापरवाही र उदासीनता देखिएकाे बिद्यार्थी नेताहरू बताउँछन् ।
यस क्याम्पसमा पुर्वाधार निर्माणमा मात्रै नभई क्याम्पसमा चल्ने विभिन्न परिक्षामा समेत सेटिङ्ग हुने गरेकाे खुलेकाे छ ।
यता क्याम्पस प्रमुख लालमणि आचार्य निर्माण हुन लागेकाे नयाँ पुर्वाधारमा गुणस्तरहीन इट्टा प्रयाेग भएको गुनासो आएपछि आफुसहित केही सहायक क्याम्पस प्रमुखहरुले निरक्षण गरेका बताउँछन् ।
निरिक्षणाका क्रममा गुनासाे आए झै भेटिएकोले तत्काल ती इट्टा प्रयाेग राेक्न निर्माण कम्पनी र परामर्शदातालाई भनिसकेको आचार्य बताउँछन् ।






