नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले निर्माण गर्न लागेकाे नयाँ पुर्वाधारमा कमसल इट्टा प्रयाेग भएको समाचार सार्वजनिक भएपछि क्याम्पसले अर्को इट्टा प्रयाेग गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।
सिद्धपाइला अनलाइनले केही दिनअघि क्याम्पस भवन निर्माणमा गुणस्तरहीन इट्टा शिर्षकमा समाचार सार्वजनिक गरेकाे थियाे ।
समाचार सम्प्रेषण गरेकाे लगत्तै क्याम्पस प्रमुख लालमणि आचार्यले ठेकेदारलाई इट्टा चेन्ज गर्न निर्देशन दिएपछि अहिले क्याम्पसमा नयाँ इट्टा झारिएकाे स्ववियु सभापति माधव खत्री बताउछन ।
बिश्वबिद्धालय अनुदान आयाेगकाे ४ करोड ८८ लाख ४३ हजार लागतमा क्याम्पसमा ४ तले नयाँ भवन निर्माण गरिदैछ ।
जहाँ क्याम्पस प्रमुख, क्याम्पस प्रशासनदेखि ठेकेदार र परामर्शदाताकाे सेटिङ्ग माैलाएकाे बिद्यार्थी बताउँछन् ।






