ट्रेण्डिङ

नेपालगन्ज : बाँँके एमाले दिनप्रतिदिन तहसनहस हुन थालेकाे देखिएको छ । सुनिर समुहकाे कमजोर कमाण्ड र पार्टी पदाधिकारी देखि जिल्ला कमिटी सदस्यकाे अनुशासनहिनताले एमाले बाँके यतिबेला बदनाम हुँदै गएको छ ।

पार्टी भित्र हुने गरेका गतिविधि र मनमुटाव समेत समेत सार्वजनिक रूपमा  छताछुल्ल बनाउदा अहिले जताततै एमाले र यसका सदस्यहरूकाे अनुशासन  र नैतिकता माथि टिकाटिप्पणि भैरहेका छन ।

सुनिर समुहका निर्देशक सुर्य ढकाल र उपाध्यक्ष रत्न खत्री नै बाँके एमाले तहसनहस बनाउन लागिपरेको र अनावश्यक रूपमा आफै निवेदन लेखेेर व्यक्तिगत चरित्र हत्या गर्न र केन्द्रीय सदस्य भएर पार्टी अध्यक्षलाई झुटकाे ज्ञापनपत्र बुझाई भाैकाल मच्चाउने अनि   पार्टी भित्रकाे विवाद बाहिर सार्वजनिक गरेर लाेक हसाउने काम गरेकाे देखिएको छ ।

स्मरणहाेस : यसअघि पनि ढकालकाे दबाब र खत्रीकाे निर्देशनमा निरक गुरुङले संगठित सदस्यलाई स्पष्टीकरण साेधेकाे पत्र सर्कुलरमा हालेर बदनाम गरेका थिए ।

अहिले साँसद दुर्गा चाौधरीकाे व्यक्तिगत लेनदेनमा नभएको रकम उल्लेख गरेर बदनाम गरेकाे देखिएको छ । सुर्य ढकालले निरकलाई बुझाउन लगाएकाे पत्रमा दुर्गाले ४० लाख तिर्न पर्ने भनिएपनि दुर्गाले आफुले उक्त रकम तिर्न बाँकी नरहेकाे उल्लेख गरेका छन ।

उक्त निवेदनमा नत मिति छ । नत वडा नम्बर, नत निवेदक भनिएका व्यक्ति नै छन ज्ञापनपत्रमा  बुझाउदा याे निवेदन सुर्य ढकालकाे निर्देशनमा फेक बनाइएकाे नेता, कार्यकर्ता नै बताउँछन् ।

उनका अनुसार आफुले ७ लाख २५ हजार  तिर्न पर्ने देखिएको र जसमा सुर्य ढकालले उचालेर निवेदन दिएका विश्वाम  थारुलाई ७ हजार मात्रै रहेकाे र उक्त रकम तिर्ने उनले फेसबुकमार्फत उल्लेख गरेका छन ।

साँसद दुर्गाले लेखेकाे स्टाटसमा सुर्य ढकाल र रत्न खत्रीकाे बजारकाे उधारो लेनदेनदेखि अदालतसम्ममा सेटिङ्ग रहेकाे पनि उल्लेख छ । यसअघि साँसले हाेटलकाे  उधारो नतिरेको समाचार पनि वाहिरीएकाे थियाे ।

यसरी झुटकाेखेती  गर्ने र सिङ्गो  पार्टीकै बदनाम गर्ने नेतालाई स्पष्टीकरण साेध्ने र कारवाही गर्ने कि नगर्ने अध्यक्ष निरक गुरुङ  ज्यु ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय