ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसकाे प्रशासनिक भवन निर्माणका लागि १ कराेडसहित विभिन्न  याेजना र पुर्वाधारमा ५ करोडबढी बजेट विनियोजन भएको छ ।

संघिय साँसद दीपा शर्माकाे पहल र सक्रियतामा क्याम्पसमा भाैतिक पुर्वाधार सहित विभिन्न याेजनामा  बजेट विनियोजन भएको हाे ।

जसमा क्याम्पसकाे प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार भैसकेकाे छ । यसका लागि पहिलाे चरणमा एक करोड बजेट रहेकाे क्याम्पसका स्ववियु सभापति माधव खत्री बताउँछन् ।

साँसद शर्माकाे पहलमा भेरी अस्पतालमा प्रसुती गृह निर्माणका लागि डेढ कराेड बजेट छ । नेपालगन्जमा लामाे समयदेखि बजेट अभावमा अलपत्र रिङराेडका लागि समेत सरकार समक्ष बजेट प्रस्ताव गरिएको साँसद शर्मा बताउँछिन् ।

उनका अनुसार राप्ती नदि किनारमा डुडुवा गाउँपालिकाले निर्माण गरेकाे शबदाहगृहमा साँसदकै पहलमा यसअघि ४३ लाख बजेट उपलब्ध भएको थियाे । अहिले त्यहि शबदाहगृहका लागि अर्को याेजनामा डेढ कराेड बजेट विनियोजन गरिएको छ ।

नरैनापुर र खजुरा क्षेत्रमा सडक, खानेपानी, पुलपुलेसा लगायत पुर्वाधारमा गरि करोड बढी रकम विनियाेजन भएको छ । बाँकेकाे नेपालगन्ज, खजुरा र नरैनापुर तथा डुडुवामा विभिन्न पुर्वाधार निर्माणकाे प्रक्रीया अघि बढिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय