नेपालगन्ज : राप्ती नदी किनारमा शवदाहगृह निर्माणका लागि रामलिला मैदानमा बैकुण्ठधाम महायज्ञ लगाएर नागरिकस्तरबाट दानरुपी रकम असुली गरेकाे डेढ हप्ता बितिसकेकाे छ ।
तर, डाक्टर सुरेश कानाैडियाकाे संयाेजकत्वमा बनेकाे आयाेजक कमिटीले अहिलेसम्म उक्त महायज्ञमा असुली भएको रकम सहित खर्चकाे यथार्थ विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न चासाे देखाएको छैन ।
नागरिकले उक्त असुली रकमकाे आयव्यय विवरण पारदर्शी सार्वजनिक गर्न माग गरिसकेका छन ।
२० कराेड असुली गर्ने यसअघि पण्डित दिनबन्धु पाेखरेलले नै घाेषणा गरेकम थिए ।
माेटामाेटी हेर्दा उनकाे घाेषणाले सफलता चुम्न सकेकाे देखिदैन । यद्यपि जेजति असुली भएको भए पनि त्यसकाे यथार्थ खर्च र आम्दानी पारदर्शी सार्वजनिक गर्न जरुरी छ । समितिले भने महायज्ञमा सदस्यबाटै ३ कराेड ८० लाख असुली गर्ने भनेकाे थियाे ।
निस्वार्थ सेवाभावले महायज्ञमा सहयाेग गर्ने हल्ला गरिए पनि पण्डित पाेखरेलले १० देखि १५ लाख लिएको सुनिएको छ ।
सेवाभाव भन्दै पण्डितले महायज्ञका नाममा व्यापार गरेकाे बाँकेबासीले टिप्पणी गरेका छन । तर, समितिले पण्डितले लिएको एकिन रकम समेत खुलाएको छैन ।
बैकुण्ठघाममा ब्रम्हनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क बनाउने योजना रहेको छ । भविष्यमा विद्युतीय शवदाह गृहको योजना अघि सारिएको भाेला महत बताउँछन् ।
जग्गा प्राप्त र नदी नियन्त्रण ठूलो समस्याको रुपमा रहेको छ । तर, समितिले हचुवामा जग्गा खरिद प्रक्रिया अघि बढेको बताउँदै आएको छ ।






