ट्रेण्डिङ

नेपालगन्ज : नेपाल घरेलु तथा साना उधाेग महासँघ बाँकेमा चरम आर्थिक हिनामिना भएको महासँघका सदस्यहरूले गुनासाे गरेका छन ।

प्रत्येक तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन साढे चार बर्षमा पनिहुन नसकेपछि आक्रोश भएका सदस्यले अहिलेकाे कमिटीले चरम आर्थिक हिनामिना गरेकाे सिद्धपाइलासँग गुनासाे गरेका छन ।

२५ औ साधारणसभा तथा १२ औ जिल्ला अधिवेशनमा आर्थिक पारदर्शिताकाे कुरा उठेपछि अधिवेशन उद्घाटनपछि अनिश्चितकालका लागि स्थगित भएकाे सदस्यहरू बताउँछन् ।

अधवेशनकाे उद्घाटन शत्रमा प्रस्तुत आर्थिक प्रतिवेदनमा अध्य मधु खडका, महासचव जिआर भुषाल र काेषाध्यक्ष हुमाशंकर वलि समेत हस्ताक्षर नभएकाे अधिवेशनमा आएका प्रतिनिधि बताउँछन् ।

महासँघकाे हरहिसाब पारदर्शी नभएको भन्दै जिल्लाका ६ जना पदाधिकारीले पारदर्शिताकाे माग गर्दै राजिनामा समेत दिएका छन ।

यता महासँघ बाँके अध्यक्ष मधु खड्का  अधिवेशनमा बाहिर आएजस्ताे विवाद केही नभए र समय अभावमा सरेकाे हाे बुधवार बन्द सत्र गरेर सकेसम्म सर्वसम्मत पदाधिकारी चयन हुने  बताउँछिन् ।

बाहिर आएका गुनासा र आराेप चुनावी रणनिति हुन यसमा ठुलाे समस्या छैन उनले भनिन “म  उम्मेदवार नभएकोले मैले सबैलाई मिलाएर लिने हाे । यसे अनुसार अधिवेशन सकिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय