ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नाैबस्तास्थित कारागार नै असुरक्षित  देखिएको छ । वरिपरि तारबार भित्र कारागारका पुर्वाधार भएपनि फितलाे सुरक्षा व्यवस्थापनले कारागर असुरक्षित बनेकाे हाे ।

उक्त कारागारबाट १२ जना कैदीबन्दी भागेका छन । जसमा ९ जनालाई नियन्त्रणमा लिएपनि ३ जना वेपता भएको श्रोत बताउँछ ।

त्यहाँ सुरक्षामा रहेकाे जनपथ र शसस्त्र पुलिसकाे लापरबाही र कमजाेर व्यवस्थापनले उनीहरू भाग्न सफल भएको स्थानीय बताउँछन् ।

कारागारमा नत गतिदाे सुरक्षा व्यवस्था छ नत सिसि क्यामरा समेत जडान गरिएको छ । सिसि क्यामरा नहुँदा कैदीबन्दी कसरी भागे भन्ने एकिन हुन नसकेकाे बाँकेका एक प्रशासक बताउँछन् ।

सहायक सिडिओकाे नेतृत्वमा केही दिन अघि उक्त कारागारकाे अनुगमन भएको थियाे । तर, साे अनुगमनकाे प्रतिवेदन तयार हुन नपाउँदै कैदीबन्दी  भागेकाे घटना सार्वजनिक भएको छ ।

उक्त कारागारकाे सुरक्षा व्यवस्थापन बलियाे बनाउन बाँके प्रशासन र प्रहरी तथा जिल्ला सुरक्षा समिति उदासीन देखिएको छ ।

नौ विगाह क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो ।

विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दी सहितका कैदीबन्दी लाई नौबस्तास्थित क्षेत्रीय कारागारमा राख्ने गरिएको छ ।

यसअघि कात्तिक २६ गते पनि यहीबाट बाल बिज्याइँकर्ता भागेका थिए । उनीहरू अझै पक्राउ पर्न सकेका छैनन् ।

नौबस्ता कारागारको क्षमता अहिले २ सय ६४ जनाको रहेको छ । सरकारले यहाँको  सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी खटाएको छ । तर, पनि सुरक्षा व्यवस्थापन दरिलाे हुन सकेकाे देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय