नेपालगन्ज : बाँके एमालेकाे १० औ जिल्ला अधिवेशनबाट आएकाे निरक गुरुङ नेतृत्वको कमिटी ६ महिना नपग्दै असफल र असक्षम तथा चरम विवादित देखिएको छ ।
व्यक्तिगत रिसिईबीका कारण संगठित सदस्यदेखि साँसदसम्मलाई विनाकारण स्पष्टीकरण साेध्ने, निलम्बन गर्ने र कारवाहीकाे धम्की दिने गरेपछि यतिबेला बाँके एमालेमा व्यापक भाडभैलाे भएको छ ।
पार्टी हित विपरीत लागेर संगठन ध्वस्त बनाउन सकृय देखिएका सुुर्य ढकाल र रत्न खत्रीलाइ स्पष्टीकरण नसाेध्ने तर पार्टी सुदृढीकरण र पारदर्शिताका पक्षमा सुझाव सहित आलोचना गर्ने व्यक्ति माथि एक्शनमा जाने सुनिर समुहकाे दादागिरीले हैरान पछि जिल्ला कमिटी सदस्यसहितका बहुमत संगठित सदस्य समानान्तर पार्टी कमिटी गठनकाे तयारीमा देखिएका छन ।
चर्चामा रहेअनुसार समानान्तर कमिटी गठन भए सुनिर समूह भन्दा शक्तिशाली कमिटी निर्माण हुने देखिएको छ । किनकि बहुमत पार्टी सदस्य र शुभचिन्तक सुनिर समुहदेखि आक्रोशित र रुष्ट छन ।
साँसद दुर्गा चाैधरीमाथि वेअर्थकाे निलम्बन भाैकाल मच्चाएपछि बहुमत थारु समुदायका जिल्ला, प्रदेश र संगठित सदस्यहरु सुनिर समुहकाे विपक्षमा देखिएका छन ।
एमालेमा पुर्व समाजवादीबाट आएकाे झुण्ड हाबी भएपछि अहिले बाँके एमालेभित्र रडाकाे मच्चिएकाे यथार्थ रहेकाे बताइएको छ ।
सुनिर समुहका ढकाल बाहेक निरक गुरुङ, रत्न खत्री लगाएतकाे पदाधिकारीकै झुण्ड समाजवादीबाट करिब एकदृखि डेढ बर्षअघि एमालेमा आएकाे थियाे ।
यसले पनि पार्टीमा समानान्तर कमिटी गठनकाे सम्भावना देखिएकाे एक जिल्ला कमिटी सदस्य नै बताउँछन् । यतिबेला बाँके एमाले पार्टीकाे विधि, विधान विपरीत पार्टी ध्वस्त बनाउने अभियानमा लागेकाे देखिएको छ ।
जिल्लामा यति ठुलाे विवाद भैरहदा बाँके इन्चार्ज शान्ति ढकाल समेत चुपचाप र उदासीन देखिएकी छन । उनले जिल्लाकाे अबस्थाका वारे केही थाहा नभएको भन्दै गैरजिम्मेवार प्रतिक्रीया दिएको संन्चारमाध्यममा सार्वजनिक भएको छ । यसले उनकाे गैरजिडपन छलङ्ग भएको एमालेकै नेता, कार्यकर्ता नै बताउँछन् ।






