नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको देखिएको छ । महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ ।
बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्याएको सो पुस्तकालयलाई नयाँ स्वरुपमा लैजाने प्रयत्न भए पनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरु बताउँछन् ।
यसकाे संरक्षणमा राजनीति दलदेखि जनप्रतिनिधि समेतकमे ध्यान जान नसकेकाे बेला अहिले मन्त्री आदेश अग्रवालले भने यसकाे समृद्धि र विकाका लागि नजर पुर्याएकाे देखिएको छ ।
२४ औ साधारणसभाकाे उद्घाटन गरेका मन्त्री अग्रबाल पुस्तकालयकाे विकास संरक्षणका लागि केही प्रयास गर्ने सष्टाहरुकाे अपेक्षा छ ।
करिब ७७ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन थियाे । दुई वर्ष अघि नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछि जीर्ण अवस्थामा रहेको पुस्तकालयको भौतिक संरचना मर्मत, सुधार, पुस्तक व्यवस्थापन, सरसफाइ, शौचालय र पानीको व्यवस्था, पुस्तकालयको गेट र वाचनालयलाई व्यवस्थित गर्ने काम भएको छ ।
अहिले हरेक महिनाको एक पटक बाँकेका बहुभाषिक साहित्यकारको बाक्लाे जमघट हुने थलो पुस्तकालय बनेको छ । विगतमा ५० जना आजीवन सदस्य रहेकामा अहिले समितिमा दुई सय २२ बढी आजीवन सदस्य छन् ।
आजीवन सदस्यको शुल्कबाट उठेको रकम मुद्दति खातामा राखिएको छ । पुस्तकालयले आफ्नो योजनाअनुसार काम गर्नका लागि विभिन्न निकायसँग चन्दा र सहयोग लिने गरेको छ ।
‘पुरानो भवन निकै जीर्ण अवस्थामा रहेकाले अब नयाँ भवन निर्माणमा कार्यसमितिले तयारी गरेकाे पदाधिकारी बताउँछन् ।
पुस्तकालयमा ई-लाइब्रेरी, बालबालिका लाइब्रेरी र ज्येष्ठ नागरिकलाई भिडिओसहितको लाइब्रेरी सञ्चालन गर्ने योजना रहेको भए पनि बजेट अभावले काम अघि बढन सकेकाे देखिदैन ।






