ट्रेण्डिङ

नेपालगन्ज : काङ्ग्रेस – एमाले गठबन्धन अघि र पछि  लुम्बिनी प्रदेशमा बाँकेबाट करिब आधा दर्जनबढी साँसद मन्त्री भएका छन ।

जसका काङ्ग्रेसबाट वाद शाह कुर्मी, एमालेबाट आरति पाैडेल, दुर्गा चाैधरी, रत्जन खत्री जसपाबाट भण्डारीलाल यादव, माओवादीबाट कृष्णा केसी र अहिले जसपाकै आदेश अग्रबाल मन्त्री भएका छन । तर, बाँकेकाे समग्र विकास र समृद्धिमा उनीहरूकाे भुमिका खासै उल्लेख देखिदैन ।

बाँकेका हरेक पालिकामा प्रदेश तहका याेजना अलपत्र छन । कतिपयमा बजेट छैन त कतिपय याेजनामा बजेट हुँदा पनि नियमित काम हुन सकेकाे छैन । यसकाे निगरानी  र अनुगमनमा साँसद तथा मन्त्रीकाे ध्यान जान सकेकाे देखिदैन ।

प्रदेश सरकारमा गएका जतिपनि साँसद काम कम गर्ने तर, भाैकाल धेरै  मच्चाएर सेलिब्रेेटी बन्ने अनि आर्थिक कमाउधन्दामा सक्रिय हुन थालेकाे देखिएको छ ।

साँसद र मन्त्रीलाई  कहाँबाट, कसरी  कमिसा आउँछ भन्ने भन्दा अन्य कुरा अर्थात् विकास पुर्वाधार  र समृद्धिमा चासाे छैन । जताततै कमिसनकाे खेल छ, जहाँ उनीहरूकै सहभागीता देखिन्छ ।

जनतालाई ललिपप देखाउदै फकाउने, झुक्काउने भन्दा अरु केही हुन सकेकाे छैन । यसरी  कहिले बाँकेकाे समृद्धि हाेला ?

विकास पुर्वाधार अलपत्र छन। शान्ति सुरक्षा अस्तव्यस्त छ । नागरिकमा निराशा छन । तर, साँसद र मन्त्री पद र शक्तिकाे आडमा कमाउधन्दासँग पहुँच  विस्तारमा सक्रिय देखिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय