ट्रेण्डिङ

नेपालगन्ज : एमाले महासचिव शंकर पाेखरेल र     त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालबिच सामाजिक सन्जालदेखि सन्चारमाध्यममा दाेहाेरी चलेकाे देखिएकाे छ ।

एमालेका महासचिव पाेखरेलले  साेमवार विहान मात्रै  आफ्नो सामाजिक सन्जाल फेसबुकमा त्रिभुवन बिश्वविधालयकाे उपकुलपति छनाैट मेरिटाेक्रेसीका नाममा भद्दा नाटक भैरहेकाे टिप्पणी गरेका थिए ।

उक्त टिप्पणी सहितकाे समाचार सिद्धपाइला अनलाइनले प्रकाशित गरे लगत्तै उपकुलपति बरालले पाेखरेलकाे टिप्पणीकाे प्रतिवाद गरेका छन । यसले यी दुई बिच दाेहाेरी चलेकाे देखिएको छ ।

डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको उपकुलपति बरालले स्पष्ट पारेका  छन् ।

एमाले महासचिव पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको स्पष्ट पारेका हुन ।

पाेखरेलको आरोप सत्य होइन । कहाँ म एक्लैले बनाएको हो र ! साइन्सको, कृषिको, आईओएमको संयोजक को हुन् ? क्याम्पसको छनौट समिति रेक्टरले र सहपरीक्षा नियन्त्रकको रजिस्ट्रारले बनाएको हो  उपकुलपति बरालले भने “म एक्लैले कहाँ छनोट समिति गठन गरेको छु ? मेरो क्षेत्राधिकारमा पर्ने मैले बनाएको हुँ । कहाँ सबै एक्लैले गर्न सक्छु ?’

मापदण्ड पनि प्राज्ञ वैचारिक संगठनसँग छलफल गरेर बनाएको उनकाे दाबी छ।  उपकुलपति  बरालका अनुसार  तीन महिना लगाएर वैचारिक संगठनसँग बसेरमापदण्ड  बनाएको  हो ।

उपकुलपति बरालले आफू एक्लैले विश्वविद्यालय चलाउन नसक्ने बताउँदै नियुक्ति कार्यकारी परिषद्ले गर्ने बताए । ‘विश्वविद्यालय भीसीले मात्र चलाउने होइन । नियुक्ति गर्ने कार्यकारी परिषद्ले हो  उनले भने “कसरी म एक्लैले चलाए भन्न मिल्छ ?”

महासचिव पाेखरेलले फेसबुक स्टार्टसमा  त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरिएकाे उल्लेख गरेका थिए । यसले महासचिव पाेखरेल यतिबेला विवादमा परेकाे देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय