नेपालगन्ज : नेपाल पत्रकार महासंघकाे अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा पनि चुनावी माहोल उत्सर्गमा देखिएकाे छ ।
समाचार तयार पार्दासम्मकाे अबस्था निहाल्दा अध्यक्ष पदका लागि रुद्र सुवेदी र शुक्रऋषि चाैलागाई मैदानमा छन । महासचिवमा डक्ट धिताल, पाण्डव शर्मा र राजु खनाल देखिएका छन ।
यतिबेला काङ्ग्रेस र एमालेकाे अपवित्र गठबन्धन छ भने अर्कोतिर माओवादीसहितकाे इतर समूह छ । जसमा लुम्बिनीमा गठबन्धन भन्दा सुवेदी समुहकाे चुनावी माहाेल सशक्त देखिएको छ ।
सुवेदी र धिताल दुबै पत्रकारबिच लाेकप्रिय र व्यवसायी पत्रकार हुन । तर, गठबन्धनमा पत्रकारिताका नाममा अनेक पेशा व्यवसाय चलाउँदै दलिय राजनीतिमा लागिरहेकाकाे जमात छ ।
वास्तविक र व्यवसायीक पत्रकारकाे टीम सुवेदी समुहमा भएकोले लुम्बिनीमा गठबन्धनलाई जित आफ्नाे पक्षमा पार्न फदामे चिउरा देखिएको छ ।
काङ्ग्रेस र एमाले निकट संगठन पत्रकारकाे हित र पत्रकारिताकाे मर्यादा बाहिर गएर दलिय भागबन्डाकाे आधारमा अघि बढेपछि माओवादी सहितकाे इतर तथा स्वतर सक्रिय पत्रकारकाे समूह प्रतिस्पधामा उत्रिएकाे हाे ।
उक्त समुहलाई लुम्बिनीका अग्रजदेखि स्वतन्त्र र सक्रिय सबै पत्रकारकाे समर्थन देखिएको छ । तर, गठबन्धन समुहमा भने आ- आफ्नै संगठनमा विद्रोह र मतभेद छताछुल्ल भएको छ ।
यसले पनि सुवेदी निकट समुहले लुम्बिनीमा जित हात पार्ने अग्रजहरु नै अनुमान गरिरहेका छन । केही पदमा भने निर्विराेध पदाधिकारी तथा सदस्य चयन भैसकेका छन ।






