नेपालगन्ज : नेपाल पत्रकार महासंघकाे अधिवेशनमा सिङ्गल प्रतिस्पर्धामा उत्रिन सक्ने क्षमता र सक्षमता हुँदाहुँदै दलिय गठबन्धनकाे निहुँमा प्रेेस चाैतारी नेपाललाई ध्वस्त बनाउन चाैतारीकै उच्च पदमा आसित नेताहरू लागिपरेकाे देखिएकाे छ ।
काङ्ग्रेससँगकाे गठबन्धनका निहुँमा चाैतारी सिध्याउने दाउपेच चलेपछि चाैतारीकाे साख जाेगाउन चुनावी मैदानमा हुमिएका पत्रकारलाई कारवाही गर्ने, काङ्गेससँग गठबन्धन गरेर चाैतारीकै उम्मेदवार हराउने खेेल भएको छ ।
यतिबेला सक्षम संगठनलाई भागबन्डामा फसाएर गठबन्धनकाे नाममा संगठन सिध्याउने दाउमा रहेका वर्तमान प्रेस चाैतारी नेतृत्व बहिस्कार गर्देै प्रेस चाैतारीकाे इतर समुहमा देखिएका देशभरका चाैतारी आबद्ध पत्रकारहरू एकजुट हुन थालेका छन ।
प्रेेस चाैतारीलाई बलियाे बनाउँदै यसकाे साख जाेगाउन इतर प्रेेस चाैतारीले देशभर अभियान चलाउने र संगठनमा दलिय हस्तक्षेप र भागबन्डाकाे खेल अन्त्यका लागि पहल गर्ने भएको छ ।
देशभर कारवाहीकाे सुचीमा पारिएका प्रेेस चाैतारीका उम्मेदवार र वर्तमान नेतृत्वका संगठन ध्वस्त बनाउने गतिविधिका विपक्षमा रहेका चाैतारीका केही सदस्य, शुभचिन्तकसँग गरिएको भर्चुगल कुराकानीपछि संगठन बचाउन र प्रेेस चाैतारी बलियाे बनाउन इतर चाैतारीका नामबाट अभियान चलाउने सहमति भएको छ ।
२०७७ सालकाे चुनावमा सबै एकातिर,चाैतारी एक्लै हुँदा पनि संगठनकाे तर्फबाट उम्मेदवारी दिने,संगठनलाई काँध थापेका सहकर्मी नै यतिबेला ‘निर्णय अवज्ञा’ गरेकाे भन्दै निष्कासनकाे सुचीमा परेका छन ।
संगठनलाई निष्कासनकाे हताराे कतिसम्म भएछ भन्ने उदाहरण,- बाँकेमा एकजना केन्द्रीय सदस्यले समयमै उम्मेदवारी फिर्ता गर्नुभयाे । तर त्यति हुँदाहुँदै पनि केन्द्रले निष्कासन गरेकाे भन्दै बिज्ञप्ति सार्वजनिक (पछि सच्चायाे गरेकाेप्रती प्रेेस चाैतारी बाँकेका सचिव कमल डाँगीले समेत असन्तुष्टि व्यक्त गरेका छन ।
पत्रकार महासँघकाे चुनावमा प्रेस चौतारी बाँके माथि शुरुदेखि नै चरम अन्याय भएको छ उनी लेख्छन उम्मेदवारीको भागबन्डादेखि चुनावसम्म रित्तो पार्ने खेल खेलिदै आएकाे देखिएको छ ।
कारबाहीकाे हताराेले पत्रकार माथि चरम अन्याय भएको छ । यसले चाैतारीका सक्रिय पत्रकारमा निरासा र असन्तुष्टि देखिएको छ
मौका यहीँ हो भन्दै इतर चाैतारीलाई फालेर आफ्ना हनुमान र निकट एकाध मान्छे मात्रै राखेर त्यसकाे ‘शेर’ बन्नुकाे औचित्य नरहने पुराना पत्रकारहरु बताउँछन् ।
“समीक्षा गराै,सम्हालियाैं,सहकर्मीहरुलाई समेट्न प्रयत्न गराैं । संगठनलाई गतिशिल बनाउ” अन्यथा प्रेेस चाैतारी विभाजनकाे दिशामा जाने मात्रै हाेइन यसकाे साख नै गुम्न सक्ने देखिएको छ ।






