ट्रेण्डिङ

भुम भण्डारी :  नेपालगन्ज मेडिकल कलेजका सेवा सुबिधाबाट प्रभावित हुने सेवाग्राहीको संख्या दिनहुुँ वृद्धि हुँदै गएको छ । सतहमा हाल देखिएको विवादले स्पष्ट देखाउँछ कि यस संस्थाहरूमा व्यवस्थापन र ट्रेड युनियनकर्मीबीचको इगो टकराव कति गम्भर रुपले अगाडि बढदै गइरहेको छ ।

यस प्रकारका विवादहरूले प्राप्त गर्ने राजनीतिक संरक्षण, घोषित अघोषित समर्थनले अन्ततः संस्थाको अस्तित्व नै संकटमा पर्नेछ । यस सन्दर्भमा राज्यका सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहनेछ साथै निर्वाह गरेको भूमिकाको गम्भीर रूपमा समीक्षा गर्न आवश्यक छ।

नेपालगन्ज मेडिकल कलेज लामो समयदेखि स्वास्थ्य उपचार र शिक्षा आर्जनको महत्त्वपूर्ण शैक्षिक केन्द्रको रुपमा रहेकोे छ । मानवीय स्वास्थ्य सेवाको अति संबेदनसिल क्षेत्रमा ब्यावसायीक सुधार गुणस्तरीय बिकास सर्वसुलभ चुस्त सेवा प्रवाहमा लगानी योजना जिम्मेवारी साझेदारीको सन्तुलित एकता आवश्यक पर्दछ,आवश्यकता माग आपूर्ति र ब्यबस्थापनको संस्थागत तालमेल बिना संस्थाको सहयात्राको वृद्धि बिकास र गुणस्तरीय उपलब्धि हासिल हुन सक्दैन । जिम्मेवारी कर्तव्य अधिकार र जवाफदेहिताको सन्तुलन नहुदा विभिन्न ट्रेड,श्रमिक युनियनका मागहरू, व्यवस्थापनको रवैया र द्विपक्षीय संवादको अभावले संस्थामा संकट आउने गर्दछ ।

बिगत केहि दिन देखि आन्दोलनमय बनेको नेपालगन्ज मेडिकल कलेज ट्रेड युनियनकर्मीहरूले आफ्नो हकहितको पक्षमा लड्दा संस्थाको दीर्घकालीन अस्तित्व प्रति ध्यान नदिएको आरोप व्यवस्थापन पक्षले लगाउदै आएको छ भने आन्दोलनरत पक्ष युनियनकर्मीले श्रमिक हित र कानुनी प्रक्रिया उल्लंघन गरेर श्रम शोषण गरेको आरोप लगाउदै विरोध जनाउँदै आएको देखिन्छ ।

राजनीतिक दलहरूको अभिभावकिय भूमिका :

नेपालको अधिकांश संस्थागत विवादमा बिगत देखि कुनै न कुनै रुपमा राजनीतिक दलहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहँदै आएको छ। नेपालगन्ज मेडिकल कलेजले आर्थिक बर्ष ०८१/०८२ को शुरु देखि नै केहि प्राविधिक भौतिक सुधारको पक्ष तर्फ इङ्गित गर्दै यस क्षेत्रका जनताको ढाड सेक्ने गरि अस्पतालका थुप्रै सेवा प्रवाहमा लुट मचाउने गरि शुल्क वृद्धि गरेको देखिन्छ ।

देश जनता समाज र अधिकारका पट्यार लाग्दा भासण गरेर नथाक्ने राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरुले चुइक्क आवाज निकालेको देखिदैन । सार्वजनिक हित र सामाजिक सरोकारका विषयमा मौन रहेका राजनीतिक दल र दलका नेताहरूको अहिले देखिएको तदारुकता दौडधुपले समस्याको दीर्घकालीन समाधान भन्दा घुमाउरो स्वार्थ केन्द्रित देखिएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा चलेको आन्दोलनको यस घटनामा पनि राजनीतिक दलहरूको भुमिका समस्याको दीर्घकालीन स्थायी समाधान भन्दा राजनीतिक नाफ नोक्सानीको नजरले उपयुक्त अवसरको खोजीमा रहेकोे संकेत देखा पर्दै गएका छन।

आफ्नो राजनीतिक भगिनी संस्था पहुँच वृद्धि र आफ्ना निकट व्यक्तिहरूको स्वार्थपूर्तिका लागि विवादलाई थप उग्र बनाउदै गएका आधारहरु देखिदै गएका छन ।
#जटिलता र बाधक पक्षको पहिचान निरुपण शर्तहरु :

श्रमिक पक्षमा रहेकोे सुशुप्त राजनीति :

पेसागत ट्रेड युनियनहरूमा राजनीतिक दलहरूको प्रभावले उनीहरूका माग र मुद्दाहरू भविष्यम पार्टीका एजेन्डासँग जोडिने छन । यसले समस्याको समाधानभन्दा झन् जटिल बनाउने छ ।

व्यवस्थापनको अस्त्र राजनीतिक संरक्षण :

दलिय शासन प्रणाली रहेको राज्यमा संस्था संचालक व्यवस्थापनलाई पनि राजनीतिक शक्तिको आडमा आफ्नो रवैया बदल्न नपर्ने मानसिकता विकसित हुँदै गएको देखिन्छ ।
सम्भावित फाइदाको खेल र प्रयास :

अस्थिरता अस्तब्यस्तताले संस्थाको कमजोर अवस्थाको फाइदा उठाएर निहित स्वार्थ केन्द्रित समुह र राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुसार समाधानको प्रयास गर्न सक्छन्, जसले विवाद समाधानको सट्टा झन् जटिलतामा पुर्‍याउँने छ ।

अप्रिय/अप्रत्याशित क्षति पुर्व समाधानका प्रयास र सम्भावना :

मानवीय जिवनको स्वास्थ्य सङ्ग जोडिएको अति संबेदनसिल क्षेत्रमा हुने यस खालको इगो टकराव र राजनीतिक हस्तक्षेपले दीर्घकालीन प्रभाव पार्ने हुँदा राज्यका नियमनकारी निकाय मार्फत उपयुुक्त निकासाका लागि केहि प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ :

नियामक निकायको चिन्तन छलफल वार्ता समिति गठन:
कुनै पनि स्वार्थ प्रेरित राजनीतिक प्रभावबाट मुक्त सर्वपक्षीय समस्या समाधान एक तटस्थ सर्वस्विकार्य समिति गठन गरी विवाद समाधानका उपाय खोजिनु पर्छ ।

संस्थागत व्यवसायिकता र पारदर्शिता:

अस्पताल व्यवस्थापन र ट्रेड युनियन दुवै पक्षले आफ्नो जिम्मेवारी जवाफदेहिता आत्मसात गरि व्यवसायिकता र पारदर्शिताको सिद्धान्तलाई इमानदारीपूर्वक पालना गर्नु गराउनु पर्छ।
अनावश्यक राजनीतिक हस्तक्षेपको अन्त्य:

राजनीतिक दलहरूले पनि जन्मे देखिको बल प्रयोग गर्नु भन्दा मानवीय स्वास्थ्य सरोकारको क्षेत्रको संस्थागत विवादबाट आफ्नो हात झिकेर शुद्ध व्यवस्थापकीय प्रक्रिया अनुसार समस्या समाधान गर्न सक्दो सहयोग गर्नुपर्छ।

चेतनाहाेस : नेपालगन्ज मेडिकल कलेजको विवाद केवल एउटा घटना होइन, यो देशका धेरै ठूला संस्थाहरूको साझा समस्या हो। यसलाई जिम्मेवारीपूर्वक समाधान नगरेमा यसले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा थप नकारात्मक प्रभाव पार्न सक्छ। ( लेखक : काेहलपुरका युवा नागरिक अगसवा हुन । )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय