ट्रेण्डिङ

नेपालगन्ज : केही दिन यता नेपालगन्ज मेडिभल कलेजमा तलब बृद्वि लगायतका माग दाबी सहित कर्मचारी आन्दाेलनमा देखिएका छन । तर, अस्पताल व्यवस्थापनले उनीहरूका मागलाई सुनेकाे छैन ।

कर्मचारी  र व्यवस्थापनबिच आन्तरीक  दाेहाेरी चलेकाे छ । यसबिच स्वास्थमन्त्री प्रदीप पाैडेलले माग राखेर आन्दाेलन नगर्न आन्दोलनरत पक्षलाई निर्देशन दिएकाे निर्देशानात्मक सुचना सार्वनामिक भएको छ ।

यसले अब उक्त आन्दाेल कता जान्छ यतिबेला चासाे बनिरहेकाे छ । माग दाबी  अनुसार आन्दोलन निरन्तर गर्ने कि मन्त्रीकाे निर्देशन पालना गर्ने आन्दोलनरत पक्ष धर्मसंकटमा देखिएको छ ।

माग पूरा नगराई आन्दोलन राेक्दा असफल भैने, आन्दोलन जारी राख्दा मन्त्रीकै निर्देशकाे अबज्ञा हुने याे भन्दा अर्को धर्मसंकट के हुन सक्ला ? अब आन्दोलनकाे रुप के हाेला याे भने हेर्न बाँकी छ ।

स्मरणहाेस : नेपालगन्ज मेडिकल कलेज  व्यवस्थापनले यसअघि नै कर्मचारीका माग पूरा गर्न नसक्ने भनिसकेको छ । उसले नाे वर्क, नाे पेमेन्ट नीति पनि अबिलम्व गरेकाे छ ।

संस्था रहे मात्रै कर्मचारी र अस्पताल रहने हो मन्त्री पाैडेलले भने  उपचार र अस्पताल बन्द गरेर माग राख्नु उपयुक्त हुँदैन ।

छलफल र सहमतिका माध्यमबाट समस्याकाे समाधान गर्न उनले सुझाए ।  तर, बाँके एमालेकाे सुनिर समुहका अध्यक्ष निरक गुरुङ लगायतका नेताले सहजिकरणकाे साटाे आन्दोलन उक्साउने र लफडा मच्चाउने गरि आन्दोलनरतलाई उत्प्रेरित गरिरहेकाे देखिएको छ ।

अस्पताल प्रशासनले कर्मचारीले उठाएका माग अस्पतालको आम्दानीसँग पनि जोडिने भन्दै त्यसलाई पनि विचार गरी हेरिदिनु पर्ने मन्त्री पाैडेल बताउँछन् ।

श्रम ऐनले निर्धारण गरेको न्युनतम पारिश्रमिक दिने अस्पताल व्यवस्थापनले वातावरण मिलाउनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय