ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज यतिवेला आन्दोलनकमे शहर बनिरहेको छ । कतै कर्मचारी त कतै मजदुर सडक र कार्यालय परिसरकाे आन्दोलनमा देखिएका छ ।

तर, सम्बन्धित निकायकाे ध्यानाकर्षण हुन सकेकाे छैन । नेपालगन्ज मेडिकल कलेजमा कर्मचारी आन्दाेलित छन । उपमहानगरपालिका गेटमा रिक्सा मजदुरले आन्दोलन गरिरहेका छन ।

लाइसेन्स नविकरण र नामसारी नियमित हुनुपर्ने माग राख्दै रिक्सा चालकले उपमहानगरपालिकाकाे गेटमा आन्दोलन गरिरहेका बेला उपमहानगरपालिकाका मेयर, उपमेयर र प्रवक्ता भने कहाँ, के गरिरहेका छन कसैलाई  थाहा छैन ।

आफ्नाे कार्यालयमा आफुसँग सम्बन्धित गुनासाे  आए नैतिकताका आधारमा पनि सम्बन्धित निकायका जिम्मेवार व्यक्तिले त्यसकाे सम्बाेधन गर्नैपर्छ ।

तर, मजदुरकाे आन्दोलनमा यहाँका मेयर, उपमेयर लगायत जनप्रतिनिधी र कार्यालय प्रमुख नै चुपचाप देखिएका छन ।

मजदुरकाे आन्दोलनले सेवामूलक काममा असर परिरहेको छ । नागरिकले सहज र प्रभावकारी सेवा पाउन नसकेको गुनासाे गरिरहेका छन ।  यस बिषयमा सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय