ट्रेण्डिङ

नेपालगन्ज : प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१) काेहलपुमा सुरु भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा (एस्पो–२०८१) सुरु भएको हो । एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपने दीप प्रज्वलन गरेर एक्पोका उद्घाटन गरेका महाेत्सवका मिडिया काेअडिनेटर दीपक राई बताउँछन् ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री न्यौपानेले यस्ता प्रकारका महोत्सवले व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने बताए । उनका अनुसार लुम्बिनी प्रदेश सरकारले औद्योगिकीकरणलाई प्राथमिकता दिएको बताए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर सरकार अघि बढ्ने मन्त्री न्यौपानेको भनाइ छ ।

‘कृषिजन्य वस्तुको प्रदर्शनी,जानकारीमूलक सामग्री राख्नुपर्छ । पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्नुपर्छ । यस्ता कार्यक्रमले व्यवसायीहरुलाई हौसला प्रदान गर्छ । यस्ता कार्यहरुमा आवश्यक परे प्रदेश सरकार सहयोग गर्न आवश्यक तयार रहेको छ ।,’उद्घाटन सत्रमा बोल्दै मन्त्री न्यौपानेले भने ।

महोत्सवको औपचारिक समारोह सुरु हुनु पूर्व कोहलपुर चौराहाबाट विभिन्न सांस्कृतिक ¥याली तथा झाँकी साझा चोक हुँदै कोहलपुर बजार परिक्रमा गरेर महोत्सव उत्सवमा पुगेको थियो ।

र्याली तथा झाँकीमा सोरठी नाच, मयूर नाच, लाखे नाच,सिंगारु नच, थारु नाच तथा गुरुङ तथा मगर समुदायका विविध भेषभुषासमेत प्रर्दशन गरिएको हो ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।

मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् ।

महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् ।

मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने राई बताउँछन् ।

महोत्सवको उद्घाटन सत्रमा महोत्सवका प्रस्तावक तथा व्यवस्थापक गोपाल पुन मगरले प्रस्तावना प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा कर्णाली प्रदेशका निवर्तमान प्रदेश प्रमुख तिलक परियार,लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना,कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । मेलाको पहिलो दिन लोक तथा दोहोरी गायिक देवी बस्नेतले प्रस्तुति दिएकी थिइन् ।
भोली आउने कलाकारहरु
श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा भोली बुधबार लोक तथा दोहोरी गायक श्याम रानामगर,सिर्जना खत्री हाउडे माया, राज कुश्मी,रेश्मा पुन,प्रेम विवश घर्तीमगरसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।
महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने कला सांस्कृति समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । ‘विश्वभरी फलिएका हामी जनजाति हामी आदीवासी,,जोगाइ राखौ भेषभुषा भाषा सस्कृति’ भन्ने मुलका सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech