बाँके : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जिर्कोण बन्दै गएको छ । यसकाे थप मर्मत तथा सम्भार गर्नपर्ने देखिएको छ ।
तर, यसप्रती नेपालगन्ज उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समितिकाे ध्यान जान सकेको छैन । यसमा तत्काल ध्यान जान जरुरी छ।
छानामा ताम्रपत्र लगाइएको छ । छाना समेत उजाड देखिएको छ । मन्दिर परिसरमा रहेका भाैतिक पुर्वाधार पुराना भएकोले पनि अहिले मर्मत गर्नुपर्ने देखिएको भक्त धर्म बाेहाेरा बताउँछन् ।
बागेश्वरी मन्दिर प्यागोडा शैलीमा बनेको छ । मन्दिरको छानालाई अड्याउन कलात्मक टुँडाल छन् । तर, यीनकाे मर्मत गरि रङ्गराेगन गर्न जरुरी छ । मन्दिरभित्र बीचमा बागेश्वरी देवीको गर्भगृह रहेको छ । त्यसमाथि देवीको प्रतिमा छ ।
बागेश्वरीसगै रहेकाे जुङ्गे महादेव क्षेत्र भने पुनः निर्माणका निहुँमा अलपत्र देखिएकाे छ । यसकाे जतिसक्दो छिटाे पुनः निर्माण गर्न सम्बन्धित पक्षले ध्यान दिन पर्ने बागेश्वरी दर्शनका लागि पुगेका भक्तजन बताउँछन् ।
बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् ।
मन्दिर स्थापना गर्ने बाबाको समाधि पिपल बोट छेउमा छ । तर, यसकाे पनि सम्भार हुन सकेकाे देखिदैन ।






