ट्रेण्डिङ

नेपालगन्ज : माघकाे महिना धार्मिक महिना हाे । तर, यहाँ धर्मका नाममा चन्दा असुली कर्ताहरु गुपचुप देखिएका छन । राप्तीनदी किनार सिधनियाघाटमा शवदाहगृह निर्माणकाे भाैकाल यतिबेला गुपचुप देखिएको हाे ।

ठुलै तामझाम र भाैकालका साथ गरिएको बैकुण्ठधाम महायज्ञबाट दान स्वरुप चन्दा असुली लक्ष्य अनुसार नभएपछि उक्त भाैकालले गति लिन छाेडेकाे छ ।

शुरुआती चरणमा ” रङ्गसियकाे बाघ जस्तै देखिएकाे बैकुण्ठधाम अहिले ओइलाएकाे ताेरीकाे पात जस्तै भएको छ ।”

व्यक्तिगत लाभ, राजनीति फाइदा र जग्गा दलालीकाे भित्री याेजनामा भज्जिएकाे शवदाहगृह निर्माणकाे भाैकाल अहिले अलपत्र देखिँदा भाैकालवादीलाई लाज भने पटक्कै छैन ।

राज्यले गर्ने काममा हस्तक्षेप गरेर राज्यका निकायलाई उपेक्षित गर्दै सेलिब्रेटी बन्ने दाउमा मच्चाइएकाे याे भाैकाल सेलाएसँगै यसका स्वघाेषित अभियान्ता पनि गुपचुप भएका छन ।

अहिले महायज्ञमा चन्दा दिएकाहरु पनि तनावमा छन । हचुवामा जाेशिदै लाखौं दान घाेषणा गरेकाहरु र यसरी भाैकाल मच्चाएर याेजना पूरा नगर्नेहरु बैकुण्ठधाम जान्छन जादैनन् त्याे त थाहा भएन, तर चन्दा असुली भने दुरुपयोग हुन हुँदैन ।

शवदाहगृहका लागि महायज्ञ पछि अहिलेसम्म कुनै पनि काम अघि बढेकाे देखिदैन । विगतमा केही जग्गा पाएकाे भाैकाल गरेपनि अहिलेसम्म यसका नाममा राप्ती किनारमा अलिकति पनि जग्गा व्यवस्थापन हुन सकेकाे छैन ।

डिपिआर बनाउने देखि अन्य कामकाे त कुरा छाेडाै अहिले स्वघाेषित भाैकालवादी नै तै चुप मै चुपकाे अबस्थामा देखिएका छन ।

यस बिषषमा केही दिनअघि बैकुण्ठधामका सचिव भनिएका मीनबहादुर मल्लसँग बुझ्न खाेज्दा उनले कुनै प्रतिक्रीया दिएनन । यसले पनि उक्त अभियानले गति लिन नसकेकाे सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech