नेपालगन्ज : प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सन्जाल फेसबुकमा आक्रोश पाेखेका छन ।
प्रेस चाैतारीकाे आगामी अधिवेशनलाई लक्षित गर्दै चाैतारी अध्यक्ष बस्नेतले आक्रोश पाेखेकाे अनुमान गरिएको छ ।
काम चोर, चुनावमा भोट हाल्न नजाने र बिरोधी पार्टीका उम्मेदवारको समाचार ठेक्का लिने हरामखोरहरुले फेसबुकमा लेख्छ भन्दै उनले लेखेका छन ” काम गर्नेहरु चुपचाप संगठनको काममा खटिरहन्छन । ”
उनी थप्छन ” संगठनको नाम भजाएर लगातार फाइदा लिइरहेकोहरु बैठकमा आउँदैनन, अनि भन्छन कोरम पुगेको बैठक नै बसेको छैन ।”
उनले लेखेका छन ” नेतासँग फोटो खिचाएर जिबिकोपार्जन गर्दै तोकिएको बाहेक सवै काम गर्ने र संगठन र अनि नेकपा एमालेको हितबाहेक सवैको हित सोच्ने कमाउरेटहरुले लगाएको फत्तुरमा टाउको दुखाउनुको कुनै अथै छैन ।”
उनकाे यस्ताे आक्रोशले संगठन कमजाेर बनाउने र अतिरन्जित गर्ने काम भएको चाैतारी आबद्ध पत्रकारहरू बताउँछन् ।
एउटा संगठनकाे अध्यक्षले यसरी सामाजिक सन्जालमा यस्ताे आक्रोश पाेख्नु लजास्पद भएको अग्रज पत्रकारहरू बताउँछन् ।
संगठनमा भएका विमति र असन्तुष्टिका बारे संगठनमा बसेर आन्तरिक बहस छलफल गरिनु ठिक हुन्छ यसरी फेसबुकमै आक्रोश पाेखेर संगठनभित्रकाे असन्तुष्टि छताछुल्ल बनाउनु राम्रो पक्ष हाेइन ।






