नेपालगन्ज : दैलेखी समाज बाँकेले विगत झै यश बर्ष पनि हाेली मिलन कार्यक्रम गर्ने भएको छ । समाजले फागुन २९ गते हाेली मिलन गर्ने भएको समाजका अध्यक्ष पुर्णदेव गिरी बताउँछन ।
यस पर्वमा सहभागी हुन बाँकेमा रहेका सब दैलेखी तथा अन्य शुभेच्छुकहरुलाई अनुराेध तथा आमन्त्रण गरिछ ।
हाेली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।
हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।






