ट्रेण्डिङ

वीरसिक्का सुर्खेती  : ” राजा आउ,देश बचाउ” भनेर देश बचाउनलाई हारगुहार गरेका राप्रपा सुर्खेतका कार्यकर्ताकाे बाेलि सुनेर हाेकि नसुनेर हाे कुन्नि हिजाे (२६ फागुनाँ ) राजा त आएनन्त हँ ।

अरुले नदेख्ने राप्रपाले मात्रै देख्ने गरि झ्यालबाट फुत्त बाईर निस्के भने थाछैन नत्र हामी जस्ता सामान्य नागरिकले चाइँ राजा आईदेउ र देशबचाईदेउ भनेर काेहि गाडिमा चढेर त काेई माेटर साईकल घुइँक्याएर ठूलठूलाे स्वराँ राजालाई बाेलाएकाे सुनेनि राजा आ` काे कतै देख्खिएन है साथीभाइ हाे यहाँहरलाई किन ढाँटने !

हाम्राे घरछेउकै सडक बनाउने जिम्मा लेका कान्छा लामा भन्नेले ४ बर्षसम्म हामी कराउँदा कराउँदा नसुनेका याे साल उनकाे घैँटाँ घाम लाएछ कि पैसा चाहिएछ कुन्नि ? केही दिन अघि बाटाकाे याैटा कुनाँ साबधान !!! सडक बन्दैछ भन्ने याैटा फ्लेक्साँ लेखेर हामलाई साबधान बनाएझैँ राप्रपाका कार्यकर्ताले राजालाई साबधान !!

अब तिमी राजा हुने ! हामी कामकाज गर्ने र एमाले काँग्रेस र माओवादिले देश लुट्याझैँ लुटने भनेर राजा आउ देश बचाउ भनेर भन्या पाे हुन कि ! कतै बाटाे बनाउने ठेक्दारले ४ बर्ष पछि बाटाे बनाई दिन्छु भनेर सडककाे मुखाँ ” साबधान सडक बन्दैछ ” भनेर लेख्याझैँ राप्रपा नेतारु नि १७ बर्ष देखि एमाले ,काँग्रेस र माओवादिले मिलिजुलि लुटे अब हामी राजा र राप्रपा भएर मिलिजुलि लुटने हाे भनेर भन्ने सल्ला बमाेजिम राजा बाेलाउन सडकाँ अापाे हुनकि के था भाे र ?

हाम्लाईत के था भाेर? ४ बर्षपछि सडक बनाउन अा ठेक्दार २/४ दिन काम गर्याझैँ गरि यस्साे माैका मिलाएर सुइँ कुच्चा ठाेकेर ग` झैँ अनि हामी त्यै सावधान !!! काे बाेर्ड हेर्दै मख्ख पर्दै बस्याझैँ ८१ फागुन ७ आ आफ्ना कार्यकर्तालाई “आउ बेला भाे मलाई गद्दीयाँ राख “भन्ने अनि आँफूचाइँ ३ दले नेताले खबरदार भनेछि दुलाे भित्र छिर्ने अनि राप्रपा कार्यकर्ताहरु ” राजाआउ देश बचाउ ” भनेर काेई माेटर साईकिलाँ काेई गाडियाँ चिच्याउँदानी राजाले नसुन्ने भए छि बाटाे बनाउने ठेक्दार र देश बचाउने राजाँ के अन्तर भाे तनि ! हाम्ले सडक कैले बन्छ भनेर कुर्याझैँ राप्रपाकाले राजा कैले आउँछन र देश बचाउँछन भनेर कुर्ने भए त ! धन्यछ राप्रपाहरु तिमरकाे जयहाेस !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय