नेपालगन्ज : अधिवेशनपछि नियिमत बाँके एमाले ” सुनिर समूह” मा भैरहेकाे खुराफात र अराजकता बिरुद्ध बढिरहेको विवादसँगै असन्तुष्टिकै राेग यतिवेला नेपालगन्ज नगर कमिटीमा पनि एकाएक सरेकाे देखिएको छ ।
पार्टीलाई सहिमार्गमा लिन सुझावात्मक टिप्पणी, आलोचना गर्दा र सत्यपरक समाचार लेख्दा पत्रकारदखि संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने र कारवाहीकाे धम्की दिन सुनिर समूह लागेपछि जिल्लामा बढेकाे असन्तुष्टि र आक्रोश अहिले सिनियर नेताकाे अपमान गर्दै मनाेमानी गरिएको जिम्मेवारी बाँडफाँडकाे बिषयमा नगरमा सरेकाे हाे ।
नगर अध्यक्ष माेहित शाहले आफ्नै पदाधिकारीसँग सल्लाह, छलफल नगरी, नगरका कुनै पनि बैठकमा एजेन्डा नलिई माथिल्लो कमिटी भनिएको सुनिर समुहका केही खुराफातीकाे निर्देशन र दबाबमा काेठे एकल निर्णयका आधारमा नगरमा जरा अभियानका निहुँमा सिनियर नेताकाे अपमान र मानमर्दन गुम्ने गरि जिम्मेवारी बाँडफाँड गरेपछि अहिले नगरका पदाधिकारी र सिनियर नेता समेत सुनिर समूह र नगर अध्यक्ष बिरुद्ध आक्रोशित र असन्तुष्ट देखिएका छन ।
गाेप्य श्रोतका अनुसार आफुलाई महान केन्द्रीय सदस्य सम्झने खुराफातका नाइके सुनिर समुहका निर्देशक सुर्य ढकालकै डिजाइन, निर्देशन र सुनिर समुहका नेताहरूकाे दबाबमा नगर अध्यक्ष शाहले मनलाग्दी, अस्वभनिय, रूपमा जिम्मेवारी बाँडफाँडकाे लिष्ट सार्वजनिक गरेकाे यतिबेला खुलेकाे छ ।
नगरकाे उक्त जिम्मेवारी अस्वीकार गर्दै जबरजस्ती झुण्डाइएकाे वडा सहइन्चार्ज लगायतका पद कतिपय सिनियर नेताले आन्तरिक र कतिपयले सामाजिक सन्जालमै स्टार्टस लेखेर बहिस्कार गरेका छन ।
शुरुआतमा पत्रकार र केही संगठित सदस्यमाथि जाई लागेकाे सुनिर समूह, यसअघि बाँके इन्चार्ज शान्ति ढकाललाई असफल बनाउने खुराफातमा लागेकाे थियाे भने अहिले त्यहि ग्याङ्ग नगर अध्यक्षलाई प्रयाेग गर्दै सिनियर नेताकाे अपमानमा सक्रिय भएको देखिएको छ ।
यस्तै अराजक गतिविधिले असफल र बदनाम बनिरहसुनिर समुहकाे निर्देशनमा मनाेमानी र अस्जभनिय काम गर्दै जाने हाे भने नगर कमिटी र अध्यक्ष शाह नै चाैतर्फी आलाेचित, विवादीत र असफल हुने निश्चित देखिएको छ ।
यसर्थ हरेक गतिविधिमा नगर अध्यक्ष सचेत रहि अघि बढन जरुरी देखिएको छ । यसतर्फ नगर अकाे ध्यान जाओेस ।






