ट्रेण्डिङ

नेपालगन्ज : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर   सुर्खेतको गुर्भाकाेटमा लाखौं मूल्य लागतकाे पुल निर्माण याेजना ७ बर्षदेखि अलपत्र देखिएको छ ।

निर्माण कम्पनीकाे ढिलासुस्ती, राज्यकाे उदासीनता र यहाँका जनप्रतिनिधिकाे वेचासाेले उक्त पुल शिलान्यासकाे सात बर्षमा पनियसरी  अलपत्र  देखिएको हाे ।

गुर्माकाेगट नगरपालिका ४ र ५ वडा जाेड्ने ४० मिटर लामाे  उक्त पुल निर्माणको काम ७ वर्षमा पनि नसकिदा यस क्षेत्रका नागरिकले आवतजावतमा सास्सती खेप्किदै आएका छन ।

याे क्षेत्र नेपाली काङ्ग्रेसका उपसभापति पुर्णबहादुर खड्का, एमालेका लुम्बिनी प्रदेश उपसचिव तथा पुर्व माननीय धुर्ब शाही, पुर्व माननीय कमला शर्माकाे निर्वाचन क्षेत्र हाे ।

यसमा पसर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेस प्रभावशाली नेता खड्काकाे विशेष ध्यान जानपर्ने देखिएको छ ।

सबै  दलका प्रभावशाली नेताकाे क्षेत्रमा निर्माण गर्न लागिएको पसल नै यसरी लामाे समयसम्म अलपत्र हुँदा अन्ष ठाउँका याेजनाकाे अबस्था के हाेला ?

पुल नबन्दा स्थानीयले अझै कहिलेसम्म दुख्ख झेल्नुपर्ने यसतर्फ कसैले ध्यान दिन सकेकाे देखिदैन । तत्काल  यसतर्फ सडक विभाग र ठेकेदार कम्पनी  मात्रै  नभई यहाँका तीनैतहका जनप्रतिनिधिले गम्भीर हुन जरुरी देखिएको छ ।

तस्बिर : माेती पाैडेलकाे  फेसबुकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय