ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेकाे नेपालगन्ज यतिबेला  फूलैफूलको शहरका रुपमा परिचित बन्न थालेको देखिएको छ । केही  पहिले उजाड सुर्खेतराेड अहिले हरियाली बनिरहेको छ  ।

विशेषगरी सडकमा र बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले घर तथा पसल सजाइएका छन् ।नेपालगन्जवासीको फूल र बिरुवाप्रतिको लगावका कारण अब नेपालगन्जलाई हरियाली  सहर भन्नेपर्ने हरित अभियान्ता हेमन्त काफ्ले बताउँछन् ।

अहिले यहाँ  घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ ।अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको अर्का अभियाज्ता विनाेद कर्ण बताउँछन् ।

नेपालगन्ज नगरमा श्रमदान अभियानमार्फ यसअघि  सयौं थरिका बोटबिरुवा रोपिएका  थिए । तर, उपमहानगरपालिकाकाे उदासीनताले केही  बिरुवा नष्ट भइसकेका छन ।

कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।  नेपालगन्ज  उपमहानगरपालिका-२० की बिन्दु चर्ती मगर जस्ता धेरै  महिलाले फूलकाे गतिलाे व्यवसाय नै हाँकेका छन ।

कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूलले अहिले नेपालगन्जकाे शाेभा बढाएको छ । तर, हब यसकाे स्वभामा कमी आउनदिन हुँदैन ।

सौखले फूल र बिरुवा रोप्न थालेका नागरिक  फुल र बिरुवा लाई आफ्नै सन्तान झैँ स्याहार्छन । पछिल्लो समय नेपालगन्जवासीको फूलसँगको सामिप्यताकै कारण यसलाई फूलको सहर भनेर समेत चिन्ने सकिने भएको छ

तर, नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने तर्फ भने उपमहानगरपालिकाकाे ध्यान जान सकेकाे देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय