ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे खजुरा क्यान्सर अस्पताल अहिले पनि ताेकिएका दरबन्दीका डाक्टर र कर्मचारी विहीन देखिएकाे छ ।

एमाले/ काङ्ग्रेस गठबन्धन सरकारका स्वास्थ्य मन्त्री प्रदीप पाैडेल मन्त्री भए  लगत्तै नेपालगन्ज आएर यहाँको दरबन्दी समस्या समाधानका लागि तत्कालीन डाक्टर पठाउने प्रतिबद्वता जनाएका थिए ।

तर, अहिलेसम्म उनले दरबन्दीमा डाक्टर पठाउन चासाे देखाएका छैनन । जसले उनी गफाडी मन्त्रीकाे सुचिमा परेका छन ।

मन्त्री भएपछि पटक/ पटक बाँके आएका उनले यहाँको स्वास्थ्य क्षेत्रका लागि धेरै  कुरा गरे तर यी सबै गफमा सिमित देखिए  जसले उनलाई  गफाडी मन्त्रीकाे सुचिमा नागरिकले नै दर्जित गरेका छन ।

चिकित्सक संघका आयाेजनामा भएको  नेपालगन्ज वाकमा सहभागी मन्त्री पाैडेलकाे यतिबेला नेपालगन्ज  र खजुरामा डराे आलोचना भएको छ ।

खजुराका स्थानीय शरण कर्मचार्यले सामाजिक सन्जाल फेसबुकमा स्टार्टस लेखेरै मन्त्री पाैडेलले आफैले गरेकाे वाचा पूरा नगरेकाे उल्लेख गरेका छन । मन्त्री  पाैडेलले तत्कालीन डाक्टर पठाउने भनेवनि ६ महिनासम्म कुन वास्ता नगरेकाे कर्मचार्य बताउँछन् ।

मन्त्री  सहभागी भएको वाकमा आयाेजकले चाहिने भनखा बढी मन्त्रीकाे चाकडी गरेे व्यानरमै मन्त्रीकाे फाेटाे राखि भाैकाल मच्चनएकाे नागरिक तहबाट यसकाे आपति सहित आलोचना पनि भएको  देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय