ट्रेण्डिङ

 कमल न्याैपाने : एमालेको आन्तरिक राजनीति १४ असारपछि तीव्र रूपमा ध्रुवीकृत बन्दै गएको  देखिएको छ । पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत गरेपछि पार्टीभित्रको शक्ति सन्तुलन पुनः तरल बन्न थालेको छ ।

भण्डारीको सक्रियतासँगै नेताहरूको समूहगत झुकाव स्पष्ट बन्दै गएको छ । १४ असारको कार्यक्रममै अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधर पदाधिकारीहरू छुट्टाछुट्टै लाइनमा सहजै देखिएका छनपछिल्लो समय ओेली प्रवृतिदेखि आम नेता, कार्यकर्ता आजित भैसकेकाे अबस्था छ ।

कम्युनिस्ट पार्टीमा बाेल्न, लेख्न र आलोचना गर्न पाउनुपर्छ भन्नेमा ओलीकाे हैकम र व्यक्तिवादी राजनीति प्रवृतिले धेरै  नेता कार्यकर्ता आन्तरिक रूपमा ओेलीकाे बिपक्षमा देखिन थालेका छन । परिणाम स्वरुप एमालेकाे सक्रिय राजनितििमा ओेलीकाे हैकमवादका बिपक्षमा बिधा उभिनु स्वाभाविकै हाे ।

किनकि एकदिन काेही न काेही उभिनैपर्ने अबस्था ओेलीले नै सृजना गरिसकेका थिए । यसैले अबकाे एमाले मदन भण्डारीकाे विचार, नीतिमा रहेर बिधाकाे नेतृत्वमा अघि बढन पर्ने देखिन्छ । ओेलीले भने अब एमालेबाट मात्रै  हाेइन राजनीतिबाटै बिश्राम लिएर बालकाेटमै बस्दा उपयुक्त हुने देखिन्छ । यसाे लेख्दा ओेलीका झाेलेहरु सन्केलान गाली गर्लान तर यथार्थ यही हाे ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र भण्डारीले दिएका अभिव्यक्तिहरूले पार्टीभित्र दुई धारको स्थिति प्रस्ट पारिदिएको एमाले नेताहरू बताउँछन् । एमाले पदाधिकारी १९ जना छन् । तीमध्ये नौं जना भण्डारी समूहमा, सात जना ओली समूहमा खुलेर देखा परेका छन् भने दुई जना अझै खुला रूपमा कुनै धारमा उभिएका छैनन् । सचिव टोपबहादुर रायमाझी भने निलम्बनमा छन् ।

भण्डारी समूहको नेतृत्व अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्ने संकेत देखिएको छ । पोखरेलले ओली लाइनलाई खुलेरै चुनौती दिइरहेका छन् । पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भण्डारीसँगै उभिने सम्भावना उच्च देखिन्छ। यसले पनि ओेलीकाे ओरालाे राजनीति शुरु भैसकेकाे भन्दा तिताे तर सत्य यही हाेला ।

जिल्ला तहमा पनि ओेलीकाे तुलनामा बिधाकाे पक्षमा जाेडदार आवाज उठन थालेकाे देखिएकाे छ । बाँकेका चाकडीबाल खुराफातीहरुकाे भने निदहराम छ । अवसरका लागि जतापनि ठिकै हुने यहाँकम एमाले नेताहरू अहिले खुलेर आउन नसकेपनि एमालेकाे आगामी महाधिवेशनमा बिधाका पक्षमा गाेप्य लबिङ्गमा देखिने निश्चित छ । ओेलीकाे अहिले बिराेध गर्दा वा बिधा समुहमा देखिँदा ओेली भजाएर लिएका सुविधा र खाईपाई आएका पद नै गुम्न सक्ने डरले बाँके जिल्लादेखि प्रदेश हुँदै केन्द्रीय तहका नेता चुपचाप छन ।

सबै  कुरालाई मध्य नजर गर्दा एमालेकाे आगामी नेतृतव बिधाकाे हुँदा बिरष्ठ उपाध्यक्षमा बिष्णु पाैडेल, उपाध्यक्षमा शंकर पाेखरेल लगायत, महासचिवमा याेगेश भट्टराईकाे टीम नै उपयुक्त हुने र याे नै सम्भावनाकाे आँकलन गर्न सकिन्छ । यसमा ओेलीलाई बरिष्ठ नेताकाे उपाधी दिएर सम्मानित रूपमा बालकाेटमा राखिनुपर्छ । यसतर्फ अब एमालेका नेता, कार्यकर्ता र शुभचिन्तककाे ध्यान जान जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech