ट्रेण्डिङ

अध्यक्ष ज्यु अभिवादन
आराम छु, आरामीकाे कामना गर्दछु ।
म बाँकेकाे नेपालगन्जलाई कर्मथलाे बनाएर कर्म गरिरहेकाे छु । यतिबेला मुलुकमा राजनीति अस्थिरता र हुल्लडहरुकाे मनपरि चलिरहेकाे मलाई महशुस भैरहेकाे छ । देशले अभिभावकीय नेतृत्व खाेजीरहेकाे छ । नागरिक र मुलुकले चाहेकाे अभिभावकीय नेतृत्व गर्ने क्षमता र हैसियत एमालेसँग मात्रै देखिएकाे बेला जनभावनाकाे कदर गरि अघि बढन जरुरी छ । यसका लागि हजुरकै कमाण्डमा सुधारिएकाे एमालेकाे परिकल्पना गर्न सके मुलुककाे अभिभावकीय नेतृत्व एमालेकै हुनेमा दुईमत छैन ।

तर, अप्ठ्यारोमा मुन्टा लुकाउने र सजिलाेमा देखाउनेहरुकाे एमालेमा बिगबिगी छ । यसलाई अब हजुरले पहिल्याएर अघि बढ्नुपर्ने मलाई लागेकाे छ । उपत्यकामा थुप्रै नेता छन तर, यतिबेला एमालेलाई र अध्यक्ष स्वंयमलाई अप्ठ्यारो पर्दा म छु भन्ने आँट र दम कसैले देखाएको देखिएन । यस्ताे परिस्थितिमा केपी ओेली र एमाले भने छाती थाप्ने महेश बस्नेतकाे याेगदान हजुरले भुल्न हुँदैन ।

यद्यपि हिजाे लुकेका, ओेली विपरीत गुट बनाउन लागेका केही खुराफाती अहिले वातावरण सहज बन्न लाग्दा हजुरकाे परिक्रमा गर्न आतुर देखिएका छन । यसमा अन्य जिल्ला झै बाँकेमाबाट हिजाे १२ भाइ बनेका जेनजी आन्दाेलनपछि रातारात ओेली विपरीत गुट बनाउन लागेका ओेली निकटका संगठित र साधारण सदस्यलाई विना कारण कारवाही गर्दै पाखा लगाउन सक्रिय भएका र ओेलीकाे तस्वीर भएको ब्यान जलाउन र च्याँत्न अग्रस्थानमा देखिएका अहिकाे बाँके एमाले ” सुनिर समूह” का पदाधिकारी सहितका केही व्यक्ति केही दिनमा मुन्टा देखाउन गुण्डुमा आउँदैछन ।

हजुर उनीहरूका चाकडीशैलीका आवाजमा बिश्वस्त नहुनुहाेला र यस्ता खुराफातीदेखि सचेत रहनुहाेला मेरा नम्र अनुराेध छ । ओेली विपरीत गुट बनाउन सक्रिय सुर्य ढकाल, १२ भाईका बाँके नाइके रत्न खत्री, निरक गुरुङ लगायत उनीहरूसँग मुन्टा देखाउन आउनेहरु हिजाे पनि केपी शर्मा ओेलीका थिएनन, आज पनि छैनन र भाेली पनि हुँदैनन् यसमा हजुर सावधान हुनुहाेला भन्ने खबरी गर्दछु ।

पद र असुलीका लागि अध्यक्ष र महासचिवकाे नजिक हुने तर पद पाउँदा वा नपाँउदा  जेपनि गर्ने प्रवृतिका १२ भाइ जत्थाकाे बाँके ” सुनिर समूह” का यी खुराफातीले मनपरि तन्त्र गर्दा बाँकेकाे पार्टी संगठन समेत तहसनहस भएको यथार्थ हाे ।

बाँकेमा याे समुहको अराजकताले पार्टी मातहतका सबै संगठन समेत अस्तव्यस्त देखिएकाे सत्य नकार्न सकिदैन । पदका लागि ओेली र पाेखरेल भजाउने, मुन्टा देखाउने तर आन्तरिक रूपमा अन्यत्रै मिलिभगत गर्नेकाे समुह अहिले गुण्डुमा मुन्टा मात्रै देखाउने र वरिपरि परिक्रमा गरेकाे फाेटाे फेसबुकमा हालेर जिल्लामा फेरि नागरिकलाई गुम्रामा राख्न व्यक्तिगत स्वार्थ पूरा गर्ने दाउमा छन भन्दा अनर्थ नहाेला ।

हिजाे माधव नेपालले पार्टी फुटाउदा केपी ओेली मुर्दावाद भन्ने, चर्का स्वरमा सार्वजनिक स्थलमा भाषण गर्ने, फाेटाे जलाउने र औपचारिक कार्यक्रममा पनि ओलीकाे फाेटाे हटाएर हर्ष मनाउनेहरु यतिबेला हजुरकै प्रिय बन्न कसरत गरिरहेका छ । फेरि भन्छु,  उनीहरु हिजाे पनि ओेलीका थिएनन, आज पनि छैनन् र भाेली पनि हुँदैनन् यसमा हजुरकाे ध्यान जान र सचेत रहन अपरिहार्य देखिएको छ ।

यसरी लेख्दा अहिले तिताे हाेला तर, सत्य र यथार्थ यही हुनेछ । जेनजी आन्दोलनकाे करिब महिनादिनसम्म चुपचाप रहेका यी खुराफाती अहिले किन गुण्डुकाे कुटीमा पुगे याे बुझ्ने र त्यहिअनुसार गर्ने/ नगर्ने हजुरकाे मर्जी । मैले त देखेकाे, भागेकाे यथार्थता याे खुल्लापत्र मार्फत अवगत मात्रै बनाउने प्रयास गरेकाे हुँ । यसलाई अन्यथा नलिई सचेत भई नातावाद, बंशवाद र खुराफातीदेखि टाढा रहेर जनमनकाे पार्टी एमालेलाई पहिलाे र शक्तिशाली बनाउन अझै शसक्त रूपमा अभिभावकीय भुमिका खेल्न अनुरोध पनि छ । जयहाेस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech