ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमालेकाे केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा अहििले बाँके सहित देशभर विभित्र नारासहित अभिन्न र महत्त्वपूर्ण कार्यक्रम, भेलाहरु चलिरहेका छन । यसले एमालेलाई  देशभर बलियाे, मजबुद र शक्तिशाली बनाउनेमा राजनिती जानकारहरुले यतिबेला विश्लेषण गरिरहेका छन ।

दृेेेशभ एकैसाथ गरिएको वडा भेेलाले एमालेप्रती जनतााेकाे माया, साथ र सहयाेग  बढिरहेका बेला एमालेले गाउँ / गाउँमा युवासँग एमाले संवाद सहितका सचेतनात्मक अभियान गरिरहेकाे छ ।

बाँके एमालेकाे एउटा अराजक ” सुनिर समुह” ले  पार्टी अस्तव्यस्त बनाउने, संगठित सदस्यलाई व्यक्तिगत रिसिइभिले स्पष्टीकरण साेध्ने, कारवाहीकाे धम्की दिने, संगठन भताभुङ्ग बनाउने खाले गतिविधि गरिरेहे पनि एमालेप्रती आस्था भएका जनता र नेचाले बाँकेका वडा/ र गाउँ बस्तीमा कार्यक्रम गर्दै  एमालेलाई ठुलाे शक्तिका रूपमा स्थापित गर्न लागिपरेकाे देखिएको छ ।

यस क्रममा नेकपा एमाले बाँकेका युवा बाैद्विक नेता डिल्ली विसीले एमालेविनाकाे देश र बाँककाे विकास सम्भव नभएको भन्दै एमाले हिजाेदेखि आजसम्म र भाेली पनि विकासप्रेेमी र देशकाे ठुलाे एक मात्रै  शक्तिशाली पार्टीका रूपमा  रहने बताए ।

गाउँ / गाउँ जनता एमालेप्रती आस्थावान छन, एमालेलाई माया गर्छन र भाेग पनि दिन्छन उनले भने ” यसैले पनि एमाले जनमनकाे पार्टी हाे, एमाले बाँकेसहित दशभरकै पहिलाे जनपक्षिय पार्टी हाे ।”

कार्यकर्ता, नेतालाई कतिपनि बिचल्लीत नहुन आग्रह गर्दै नेता विसीले आगामी निर्वाचनमा एमालेलाई पहिलाे दलका रूपमा निर्माण गर्न तर्फ तन,मन वचन र कर्मका साथ निडर भएर लाग्न समेत अपिल गरेका छन ।

बाँके सहितकाे मुलुककाे समृद्धि र विकास एमाले वाहेक कसैले गर्न सक्दैन भन्दै नेता  विसी यसका लागि टुटेर हाेइन जुटेर लाग्नुपर्ने  बताउँछन् ।

जानकी गाउँपालिकामा भएको नागरिक भेलामा नेता विसीले अहिले पार्टीमा आन्तरिक विवाद भन्दा पनि सहकार्य,, सहमतिकाे खाँचाे रहेकाे र यसका आधारमा एमालेलाई विशाल बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने देखिएको भन्दै म भन्दा पनि हामीकाे दृष्टिकोणले नेताहरू अघि बढ्नुपर्ने सुझाव समेत दिएका छन ।

बाँकेमा “सुनिर समुह”काा केही भराैटे र खुराफातीहरुले एमाले आफ्नै बाउकाे सम्पति भए झै गरेका बेला नेता विसीकाे यस्ताे सुझावलाई  राजनीति बिश्लेषकहरुले महत्वका साथ लिएका छन ।

एमालेकाे पुर्व तयारी कार्यक्रम अनुसार बाँकेका सबै पालिका, पालिका अन्तर्गतका वडामा जनभेला र युवासँग संवाद कार्यक्रम भव्य भएको एमाले बाँके अन्तरगतकाे प्रचार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय