नेपालगन्ज : नेपाली राजनीतिमा आफुलाई बादसाह नै सम्झने एमाले अध्यक्ष केपी शर्मा ओलीकाे समय ओरालाे तिर चलिरहेको छ ।
सबै तिरबाट तृरस्कृत ओली महेश बस्नेत बाहेकका आफ्ना भन्नेबाट पनि झन घृणित बनिसकेको देखिएको छ । अहंकार,घमण्ड र तानाशाही प्रवृतिले ओलीले धेरै सारथी गुमाइ सकेका छन । बचेका केही पनि गुम्दैछन ।
जेनजी आन्दोलनले थला परेका ओली फेरि दादागिरीशैलीमा पार्टी अध्यक्ष हुने र प्रधानमन्त्री बन्ने सपना देख्दै तानावाना बुनिरहेका छन । उनकाे याे सपना पुरा हाेला त ? यतिबेला जताततै चासाे काैतहल्ताकाे प्रश्न बनेकाे छ ।
यद्यपि उक्त सपनाका वारे आगामी महाधिवेशनले केही तय भने पक्कै गर्ने नै छ । तर, त्यति सजिलाे छैन । एमालेमा अहिले ओली एक्लिने क्रम चलिरहेकाे छ । उनी बिराेधी कित्ता बलियाे छ ।
जेनजी आन्दोलन पछि अहिलेसम्म ओली उपत्यका भित्रै नजरबन्दमा छन । माेफसलकाे त कुरा छाेडाै उपत्यका छाेडेर धुलिखेल हाेस वा थानकाेट आउने आँट र साहस देखिदैन ओेलीमा । यसपनि उनी सबै रूपमा कमजोर भैसकेका छन ।
तर, आगामी महाधिवेशनले उनकाे साहसलाई बलपयाे बनाउछ वा झनै कमजोर त्याे त मङ्सिर २९ पछि थाहा हाेला । अहिले यति मात्रै भन्न सकिन्छ “फेरि अध्यक्ष भए एमालेमा चल्ने छ तीन बर्ष ओली राज, नभए गुण्डुकाे गुठीकाे कुटीमा ओलीकाे बास ।” यसकाे निर्किऔल आगामी महाधिवेशनले गर्नेमा दुईमत छैन ।
“ताेप हानेपनि सरकार ढल्दैन” भन्नेर चर्चामा आएका ओेलीकाे सरकार जेनजीले सहजै ढालिदिएका थिए । अहिले पनि महाधिवेशनले पार्टीभित्र काे उनकाे तानाशाही राज नढल्ला भन्न सकिदैन ।
एमालेलाई निजी कम्पनी बनाएका अध्यक्ष केपी शर्मा ओेली ११ औ महाधिवेशन नजिकिँदै गर्दा तनावमा छन। पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीसँग चुनवामा प्रतिस्पर्धा गर्न डराएका ओलीलाई बरिस्ठ उपाध्यक्ष इश्वर पाेखरेल प्यानलले गतिलाे झड्का दिने देखिएको छ ।
जेनजी आन्दोलनपछि राजनीति रूपमा पार्टी भित्र एक्लिदै गएका ओली बिरुद्धकाे अभियानमा अहिले बहुसंख्यक नेता छन । भण्डारीकाे सदस्यता खारेज गरेपछि विवादीत बनेका ओली अहिले सचिवालयमै अल्पमतमा छन ।






