नेपालगन्ज : पछिल्लो समय बाँके एसपी अङ्गुर जीसी जिल्लाकाे समग्र अबस्थाकाे निगरानीमा सक्रिय देखिएकाे भ्रमदृष्टि फैलिएको देखिएको छ ।
जीसीले बाँके पुलिसकाे कमाण्ड सम्हालेपछि यहाँ केही हदमा विगतकाे तुलनामा अराजकता घटदै गएकाे यथार्थ हाे । अहिले जताततै कडाइका साथ निगरानी बढाइएको भनिएकाे छ ।
तर, कडाइ र निगरानीकाे निहुँमा आन्तरिक कमाउधन्दा पनि उत्तिकै भएको हाे कि आम नागरिकले यतिवेला आशंका गर्न थालेका छन । बाँके पुलिसले पछिल्लो समय अबैध थुप्रै सामाग्री बरामद गरेकाे भनिएको छ ।
थुप्रै पटक हुण्डी काराेवारी, जुवातासबाट कराेडाै नगद बरामद गरेकाे पुलिसकै बिज्ञप्ती मार्फत भनिने गरिएको छ । तर, यसरी बरामद गरिएका सामान र नगद पुलिसले कति, कहाँ जम्मा गरेकाे छ यसबारे बाँके पुलिसले कहिल्यै सार्वजनिक गरेकाे देखिदैन ।
पारदर्शीताका लागि पनि पुलिसले बरामद गरेका सामान र नगद सबै सार्वजनिक गर्न जरुरी देखिएको छ । यसाे नहुँदा आन्तरिक कमाउधन्दा पनि चलेकाे भान हुनु स्वभाविकै हाे । यस्ताे भ्रमदृष्टि पुलिसले चिर्न अपरिहार्य छ ।
अहिले पनि बाँके एसपी जीसीकै सक्रियतामा करिब ५ कराेड बराबरकाे हुण्डी वाफतकाे रकम बरामद गरेकाे भनिएको छ । तर, पुलिसले एउटा बिज्ञप्ती निकाल्ने भन्दा अरु केही सार्वजनिक गरेकाे छैन ।
पुलिसले बिज्ञप्तीसँग पत्रकार सम्मेलन मार्फत भएपनि उक्त रकम बरामद पछि राज्यकाे ढुकुटीमा जम्मा भए / नभएको वारे जानकारी दिन सकेकाे छैन ।
राजश्व कार्यालयमा उक्त सबै रकम जम्मा हुनछ वा भयाृ कि भएन यसवारे नागरिक अनबिज्ञ छन । याे सबै कुरा पारदर्शी सार्वजनिक गर्न बाँके एसपीले ध्यान दिनुपर्ने देखिएको छ ।
यसतर्फ एसपी जीसीकाे ध्यान जान नसक्दा बाँके पुलिस सुरक्षा कडाइका निहुँमा कमाउधन्दामा लागेकाे कि भन्नेमा नागरिक आशंका बढेकाे छ । यसकाे जवाफ बाँके पुलिसले दिन पर्छ र यस्ता बरामद भए रकम जेन्सी र नगरलाई पारदर्शी सार्वजनिक गर्न सक्नुपर्छ ।






